बिराटनगर । सुनसरीको ग्रामीण क्षेत्रमा रहेका हरिनगर गाउँपालिकाले अब आफ्नो सडकहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने भएको छ ।
केही दिन यता सवारी चालकहरूले धूम्रपान गरी तिब्र गतिमा गाडी गुडाउँदा दुर्घट्नाहरू अत्याधिक बढे सँगै चोरी चपाटी नियन्त्रण गर्नको निम्ति पालिका अध्यक्ष हाजी गफार अंसारी मियाले पालिका क्षेत्र भित्र क्यामेरा जडान गर्ने निर्णय गरेको बताउनुभयो ।
गाउँपालिका क्षेत्र अन्तरगत भित्र पर्ने हुलाकी सडकमा क्यामेरा जडान गर्ने पहिलो प्राथमिकतामा राखि घुस्की सडक खण्ड, हरिनगर गाउँपालिकाको कार्यालय छेउ लगायतको ठाउँहरुमा पहिलो चरणमा सिसिटीभी क्यामेरा जडान गरिने बताउनुभयो ।
पालिका अध्यक्ष अन्सारी र जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी कृष्ण भण्डारी र प्रावधिक टोलीले क्यामरा राख्ने ठाउँको बुधबार स्थलगत निरीक्षण गरेका छन् । बिहिबार देखि नै सिसिटिभी क्यामेरा जडान हुने पालिकाका अध्यक्ष अन्सारीले जानकारी दिए ।