सुनसरी । मुल्यांकनको आधारमा सुनसरी जिल्ला उत्कृष्ट भएको छ । ८९.०६ अंक ल्याएर ३६ ओैँ नम्बरमा उत्कृष्ट भएको हो ।
गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० कार्यसम्पादन सम्झौता मुल्यांकनमा सुनसरी ७७ जिल्ला मध्ये ३६ ओैँ स्थानमा परेको हो । सुनसरीमा अघिल्लो वर्ष सुनसरका प्रमुख जिल्ला अधिकारीमा इन्द्रदेव यादव र वर्तमान प्रजिअ हुमकला पाण्डे रहेका थिए ।
यस्तै सुनसरी जिल्ला सँगै जोडिएको जिल्ला मध्ये मोरङ जिल्ला अति उत्कृष्ट भएको छ । ९२.५० अंक ल्याएर २२ ओैँ स्थानमा परेको छ । यसैगरी उदयपुर, धनकुटा र सप्तरी जिल्ला पनि उत्कृष्ट भएको छ । उदयपुर जिल्लाले ८१.१५ अंक ल्याएर ६० ओैँ स्थानमा परेको छ भने धनकुटा जिल्लाले ८२.४२ अंक ल्याएर ६१ ओैँ स्थान र सप्तरी जिल्लाले ८८.३१ अंक ल्याएर ५५ ओैँ स्थानमा परेको छ ।
मुल्याङकनका आधारमा गुल्मी जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । ९६.४४ अंक ल्याएर गुल्मी उत्कृष्ट भएको हो । यस्तै दोस्रोमा रुकुम पश्चिम, तेस्रोमा रुपन्देही, चौथोमा इलाम र पाँचौमा नवलपरासी पूर्व (नवलपुर) रहेको छ । यस्तै कार्यसम्पादन मुल्याङकनको आधारमा अन्तिम ७७ स्थानमा सिराहा जिल्ला रहेका छ ।





