काठमाडौं । भूकम्पपीडितलाई दैनिक प्रयोग हुने अत्यावश्यक वस्तुहरुको सहज व्यवस्था मिलाउन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति अब्दुल खानको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भूकम्पका कारण ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
घटना लगतै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुबाट भएका खोज, उद्धार र उपचार कार्यमा भएगरेका तदारुकताका लागि र उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकमी, सुरक्षाकर्मी, स्थानिय स्वास्थ्यकर्मी जनप्रतिनिधि र स्वयमसेवकहरुले खेल्न् भएको भुमिका प्रति समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रका लागि सरकारी, गैर सरकारी संघ संस्था, स्वदेश, विदेश र व्यक्तिगत रुपमा सकलन हुने राहत सामग्रीहरु प्रभावकारी रुपमा एकद्धार प्रणालीबाट वितरण गर्ने र भूकम्पबाट पिडितहरुका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छकर खानेकुरा, औषधी लगायतका दैनिक प्रयोग हने अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन समितिले नेपाल सरकारलाई निदेशन दिने निर्णय गरेको सभापति खानको सचिवालयले जनाएको छ ।