Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक गोरु समेत किसानको मृत्यु

लत्रिएको तारले खेत जोतिरहेका किसानको ज्यान लियो

by नेपाल टाइमलाइन न्यूज
December 9, 2023
in समाचार
A A
0
खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक गोरु समेत किसानको मृत्यु
9
SHARES
Share on FacebookShare on Twitter

रौतहट । खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक किसानको मृत्यु भएको छ । किसानले जोतिरहेको एउटा गोरु समेत घटनास्थलमै मरेको छ ।

 

जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहामा रहेको खेत जोत्दै गर्दा भुईँमा लत्रिएको ११ केभी को तारमा परेर सोही वडाका ५५ वर्षीय बैजु पण्डित र उहाँको एउटा गोरु मरेको हो । एक हल गोरुमा एउटा गोरु मरेको हो । अर्को गोरु भने सामान्य छ ।

 

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण तार चुडिएर खेतमा लत्रिएकोले करेन्ट लागेको परिवारजनको भनाइ छ । रौतहटको अधिकांश स्थानमा विद्युतीय तार असरल्ल हुँदा समेत प्राधिकरणले त्यसको व्यवस्थापनमा कुनै चासो नराखेको पालिका प्रमुख बैजनाथप्रसाद यादव बताउनुहुन्छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका प्रहरी अपरान्ह घटनास्थल पुगेुर मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धानको लागि प्राधिकरणसंग सोधपुछ गरिने उहाँले बताउनुभयो ।

Previous Post

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 

Next Post

कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु

Next Post
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु

कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana