दुहबी । दुहबी नगरपालीका द्वारा सन्चालीत आधारभुत अस्पतालको आज दुहबी नगर प्रमुखको टोलीले आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा दुहबी नगर प्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर मेहेता, अधिकृत उचित साह, वडा अध्यक्ष मुस्तकिम मिया, घनश्याम हलुवाइ लगायतको टिमले सामुहिक अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा नगर प्रमुख गछ्दारले मध्यम तथा बिपन्न समुदायका नागरिकको स्वास्थ्यमा प्रतिकुल समस्या न आओस भनेर आफुले ठुलो चुनौतिको सामना गर्दै नगर अस्पतालको परिकल्पना गरेको र सोहि मुताबिक नगरपालीकाको भौतिक इन्फ्रास्टक्चर नहुदा समेत ठुलो हिम्मतले जिरो लेबल बाट सुरु गरेको अपतालले यति छोटो समयमा ठुलो उपलब्धि हासिल गरेको बताउदै सहकर्मि सबैलाइ धन्यवाद दिएका थिए।
उनले बिपन्न समुदायका नागरिकहरुले अस्पताल सम्झेर आउदा देवताको घर सम्झेर आउने हुदा अस्पतालमा कार्यरत स्टाप हरुले मितब्ययि र नम्र ब्यावहार देखाउनु पर्ने , प्यासेन्टहरुको मनोबल गिर्ने काम नगर्न निर्देशन दिएका थिए। दुहबीका नागरिकहरु को भाषीक तथा साब्दिक ज्ञान को अभाव हुन्सक्छ, बिरामिको तनाव ले जनताहरु प्रेसरमा हुन सक्छन, तपाइहरु प्रत्यक्ष जनताको जिबनसग जोडिएको हुनाले बिनम्रता अपनाउनु पर्ने र सरल , सहज सेवा प्रवाह गर्नु पर्छ , नत्र क्षेम्य हुने छैन नगर प्रमुखले निर्देशन दिए।
निरिक्षणको क्रममा गच्छादारले समय मा अस्पताल न आउने डाकटर लगायत स्टाफ अरुलाइ अप्ठ्यारो भए आफ्नो बाटो लाग्न भन्दै जनताको स्वास्त्य उपचारमा कुनै कम्पर्माइज नहुने बताएका थिए।
प्रमुख प्रशाकिय अधिकृत राजकुमार केसी ले कर्मचारीहरुको ब्यक्तिगत समस्याहरुलाइ समय अनुकुल सम्बोधन गर्दै जान आफु तत्पर रहेपनि नगरपालीकाको मुटुको रुपमा सन्चालीत नगर अस्पताल को ख्यातिमा आच आउने कार्य गरे क्षेम्य नहुने बरु सिधै आफुलाइ जानकारी गराए सबैको सम्बोधन गर्न सकिने भन्दै आगामि दिनमा गल्ति नदोहोर्याउन आग्रह गरेका थिए। अस्पतालका स्टाफहरुले आ आफ्नो समस्या हरु राखेका थिए साथै आगामिदिनमा सजकताको साथ कार्यसम्पादन गर्ने प्रतिबद्द्ता नजाएका थिए।