इनरुवा । सुनसरीमा सशस्त्र प्रहरीले २३८ किलो अबैध गाँजा बरामद गरेको छ। सिमापारी भारतीय बजारमा माग रहेको र पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा नियन्त्रणमा लिइएको हो।
पटक-पटक सशस्त्र प्रहरीले विभिन्न स्थानहरू—भण्टाबारी, भुटाहा, उल्टी, बराहक्षेत्र, राजाबास लगायत—बाट गाँजा बरामद गर्ने क्रम जारी राखेको छ। हालै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित हुलाकी राजमार्गमा गाँजा फेला पारिएको छ।
सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्सपेक्टर आवेश पुन र सशस्त्र सुरक्षा बेस क्याम्प भुटाहा समेटेको टोलीले बा ९ च ७१६६ नम्बरको बोलेरो गाडी सहित गाँजा बरामद गरेको हो। उक्त गाँजा उल्टी नाका हुँदै भारततर्फ लैजाँदै थिए।
बरामद गरिएको गाँजा र गाडी नेपाल प्रहरीलाई आवश्यक कारबाहीको लागि जिम्मा लगाइएको इन्सपेक्टर आवेश पुनले जानकारी दिए।