Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

by नेपाल टाइमलाइन न्यूज
October 1, 2024
in समाचार
A A
0
आजको मौसम यी स्थानमा हावाहुरीसहित वर्षा
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । गएको बिहीबारदेखि शनिवारसम्म परेको कीर्तिमानी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण ठूलो मानवीय र आर्थिक क्षति ब्यहोर्नुपरेको अवस्थामा फेरि अविरल वर्षाको अनुमान गरिएको छ । बुधबारदेखि शनिबारसम्म ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको अनुमान र त्यस अघिको आगामी ३ दिनको मौसमी अनुमान छ । बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताएका छन् । विशेष गरेर बेलुकीपख पानी पर्ने उनले बताएका छन् । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ ।भोलि बाग्मती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ । तर पर्सिदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन । यता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार दिउँसा कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशि देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातीभने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म एक सय ९३ जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।अझै ३१ ज्ना बेपत्ता रहेका छन् ।

Previous Post

सप्तकोसीमा खसेको बसमा सबार सबैको उद्धार

Next Post

सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

Next Post
सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana