Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा

नेपाली काग्रेंसका तर्फबाट उम्मेदबारहरुले आफ्ना मतदाताको घरआगमनमा समस्या बुझदै घरदैलो जारी

by नेपाल टाइमलाइन न्यूज
May 9, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा
12
SHARES
Share on FacebookShare on Twitter

 

सुनसरीको कोशी गाउँपालिकामा नेपाली काग्रेंसका तर्फबाट उम्मेदबारहरुले आफ्ना मतदाताको घरआगमनमा समस्या बुझदै घरदैलो जारी राखेका छन् । आफ्नो पहिलो कार्यकालमा गरेको राम्रा कामहरु र बाकी रहेका कामहरु सफल र सार्थक पार्नका लागि नेपाली काग्रेसका उम्मेदबारहरुलाई मतदानका लागि अपिल र आग्रह गर्दै कोशीमा नेपाली काग्रेंसले घरदैलो जारी राखेको हो । घरदैलोका क्रममा मतदाताहरुले साकारात्मक आश्वासन दिएका छन् । पार्टीका तर्फबाट अध्यक्षका उम्मेदबार ऐयुव अंसारी र उपाध्यक्षका उम्मेदबार अनिता यादव तथा वडा अध्यक्ष र सदस्यहरुको साथमा कोशीको १ नम्बर वडा लौकहीमा नेपाली काग्रेंसको घरदैलो जारी रहेको पार्टीले जनाएको छ । घरदैलोमा धेरै मतदाताको साकारात्मक प्रतिकृया र विकास प्रति प्रभावित भएर आफूहरुले फेरी काग्रेंसमा भोट हाल्ने आश्वासन दिएको घरदैलोमा सहभागी सदानन्द मण्डलले जानकारी दिनुभयो । उता पार्टीको तर्फबाट जारी रहेको प्रतिवद्धता जस्ताको तस्तै तल उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेसको तर्फबाट कोसी गाउँपालीका अध्यक्ष पदको उम्मेदवार ऐयुब अन्सारीज्युको प्रतिबद्धताहरू ः
१. हाम्रो आधार ः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
– अभिभावक शिक्षा घरदैलो कार्यक्रम’ अभियानका रूपमा सञ्चालन गर्ने ।
– अति विपन्न, दलित तथा अल्पसख््यक परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने ।
– विद्यालयमा शिशु कक्षा तथा कक्षा एकमा अध्यापन गर्ने शिक्षक–शिक्षिकालाई विशेष प्रोत्साहन भत्ता तथा प्राथमिक तहमा दिवा खाजाको व्यवस्था गर्ने ।
– हरेक कक्षामा बढीमा ४० जना विद्यार्थी राखेर अध्ययन अध्यापन गर्न–गराउन व्यवस्था मिलाउने ।
– १२ कक्षा उत्तीर्ण गरेका हरेक विद्यार्थीलाई सम्मान तथा थप अध्ययनका लागि प्रोत्साहन गर्न विशेष सार्वजनिक कार्यक्रम आयोजना गर्ने ।
– सामुदायिक विद्यालय तथा मदरसामा अतिरिक्त क्रियाकलाप सञ्चालन तथा सहजीकरण गर्न एक जना विशेष शिक्षकको व्यवस्था गर्ने ।
– सामुदायिक विद्यालयहरुको नियमित अनुगमन गर्ने ।
– मावि तथा उच्च शिक्षालयका पूर्व विद्यार्थीहरूको समिति बनाउन सहजीकरण गरी त्यही समितिमार्फत् हरेक वर्ष कम्तीमा १० जना गरिव तथा सीमान्तकृत वर्गका बालबालिकालाई विशेष छात्रवृत्ति उपलब्ध गराउने।
– सामुदायिक विद्यालयमा पढ्ने जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन दिन आर्थिक छात्रवृतिको कोष खडा गर्ने ।
– उच्च शिक्षा अध्ययनमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्रालाई प्रत्येक वर्ष साइकल उपहार दिने ।
– कोशी लाई शिक्षाको हब बनाई कालेज स्थापना गर्न पहल गर्ने
– दलित तथा अन्य समुदायका विद्यार्थीहरु लाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग गर्ने
– सामुदायिक बिधालय बाट पल्स टु मा सबै भन्दा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने एकजना बिद्यार्थी लाई नगद ५१,०००– (एकाउन्न हजार) सहित पुरस्कृत गर्ने
– सबै विद्यालय तथा मदरसाहरुमा कक्षागत र विषयगत शिक्षक व्यवस्था गर्ने ।
– प्रत्येक वडाबाट कम्तीमा एक जना प्रमाणपत्र तह उत्तीर्ण गरेका युवा छनोट गरी स्नातक तहको निःशुल्क अध्ययन–अध्यापनको व्यवस्था मिलाउने ।
– विद्यालयहरूमा पुस्तकालय, इन्टरनेट र प्रयोगशालाको प्रबन्ध गर्ने ।
– प्रत्येक वर्ष गाउँ खेलकुद सप्ताह आयोजना गर्ने ।
– बालबालिकालाई शैक्षिक भ्रमणका लागि प्रोत्साहन र सहयोग गर्ने ।
– प्रत्येक विद्यालयमा बाल क्लब गठन गरी गाउँक बाल संरक्षण समितिमार्फत् बाल सशक्तीकरणका कार्यक्रममा सहयोग गर्ने ।
– कोशी क्षेत्रमा सन्चालनमा रहेका सामुदायिक विधालय तथा मदरसाहरुको अवस्था र आवश्यकता अनुसार भौतिक पुर्वाधार स्तरउन्नती गर्ने ।
– संचालनमा रहेको प्राथमिक (कक्षा–५) विद्यालयलाई (कक्षा ८) सम्म पुर्याउने ।
– प्रत्येक वर्ष वैशाखमा गाउँस्तरीय शैक्षिक सामग्री प्रदर्शनी आयोजना गर्ने ।
– प्रत्येक वर्ष विद्यालयस्तरीय नाटक प्रतियोगिता आयोजना गर्ने ।
– विद्यालय व्यवस्थापन समिति, विद्यालय संचालक समिति पार्दर्शी तथा जवाफदेही बनाई अभिभावकहरु सँग ६–६ महिनामा अन्तरक्रिया कार्यक्रम राख्ने ।
– सीमान्तकृत सदा, सरदार, राम, खत्बे, मलाहा जातिका युवालाई जति पढ्न चाहे वा सीप सिक्न चाहे त्यसको निःशुल्क व्यवस्था मिलाउने ।
२. सुरक्षित कोशी ः निरोगी कोशीबासी
– वडा स्वास्थ चौकी लाई थप व्यवस्थित बनाउदै विशेषज्ञ डाक्टरहरुको सेवा उपलब्ध गराइ निशुल्क औषधि उपलब्ध गराइने ।
– १५ (पंन्ध्र) बेडको सुविधा सम्पन्न तथा गुणस्तरीय अस्पातल निर्माण गर्ने ।
– गरिब विपन्न वर्गलाई निशुल्क र अन्यलाई न्यून शुल्कमा एम्बुलेन्स सेवा संचालनमा ल्याउने ।
– गम्भीर बिरामी लागेका गाउँबासिहरुको तथ्यांक राख्ने र उनीहरुको उपचारको लागि सहजीकरण गर्ने ।
– गरिब विपन्न वर्गलाई निशुल्क र अन्यलाई न्यून शुल्कमा शव वाहन सेवा संचालनमा ल्याउने ।
– ३–३ महिनामा निशुल्क स्वास्थ शिविर संचालन गर्ने । तथा टोल या वस्तीहरुमा मासिक रुपमा निशुल्क घुम्ती स्वास्थ शिविर संचालनमा ल्याउने ।
– अघिल्लो कार्यकालमा स्थापना गरिएका प्रशुतीगृह (बर्थिङ सेन्टर) लाई स्तरउन्नती गर्दै बाँकी वडाहरुमा स्थापना गर्ने ।
– प्रशुतीगृह (बर्थिङ सेन्टर)मा खटिने स्वास्थ्यकर्मिहरुको क्षमता अभिवृद्धि गर्दै सेवा–सुविधा थप गर्ने ।
– प्रशुतीगृहमा सेवा लिन आउने महिलाहरुलाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरिय सेवा प्रदान गर्ने ।
– प्रशुतीगृहमा सेवा लिन आउने सेवाग्राहीहरुलाई दिदै आएको प्रोहत्साहन भत्ता लाई निरन्तरता दिने ।
– गर्भवती दलित महिलालाई दुई पटकसम्म पाँच हजार रुपियाँका दरले सुत्केरी भत्ता दिने ।
– ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण घर घरमा गरिने ।
– रोगबाट बच्न तथा रोगलाई नियन्त्रण गर्न श्रब्य दृश्य सहितको सुचनामुलक डकुमेन्ट्री प्रदर्शन गराउने ।
– गरिब विपन्न वर्गका वडाबासिहरुको निशुल्क स्वास्थ विमा गराइदिने ।
– वडामा निशुल्क व्यायामशालाको स्थापना गराउने ।
– जङ्गली जनावरको आक्रमणबाट घाइतेको निःशुल्क उपचारको ग्यारेन्टी गर्ने ।
– लामखुट्टे नियन्त्रणका लागी आवश्यक काम गर्ने ।
– व्यावसायिक रुपमा पालिएका घरपालुवा जनावरहरुको निशुल्क स्वास्थ विमा गरिने।
– भुसिया कुकुरहरुको बन्ध्याकरण गर्ने ।
३. कृषिमा लगानी ः खेत खेतमा सिचाइको पानी
– कृषि योग्य खाली जग्गाहरु भाडामा लीई कृषिजन्य गतिविधी गरिने गराइने ।
– कृषिजन्य गतिविधी गर्न बिउ उपलब्ध गराई कृषि उत्पादन तथा रोजगारी सृजना गरिने ।
– उत्पादित तरकारीका लागि कोल्ड स्टोर निर्माण गरिने ।
– खेतीयोग्य माटोको निशुल्क परिक्षण गराउने ।
– कौसी तथा करेसाबारी सम्बन्धी तालीम दिने र निशुल्क बीज उपलब्ध गर्ने ।
– प्रत्येक वडामा ’कृषि सूचना तथा स्रोत केन्द्र’ स्थापना गर्ने ।
– प्राङ्गारिक मलको औद्योगिक उत्पादनका लागि सहकारी तथा निजी क्षेत्रलाई अनुसन्धान, प्रविधि तथा पुँजीगत लगानीमा सहयोग गर्ने ।
– जमनापारीलगायत उन्नत जातका बाखापालन स्रोतकेन्द्र स्थापना गरी सुलभ दरमा पाठापाठी उपलब्ध गराउने ।
– कृषि बजार बाह्रमास सञ्चालनयोग्य बनाउने ।
– लौकहीमा बाँसबाट निर्मित सामग्री उत्पादन उद्योग सञ्चालन गर्ने ।
– कृषि, पशुपालन तथा पानीमा आधारित उद्योग स्थापनाका लागि लगानीकर्तामैत्री नीति लागू गर्ने ।
– गाउँमा आवश्यक दक्ष कृषक जनशक्ति उत्पादन तथा उत्थानका लागि विशेष लगानी गर्ने ।
– प्रत्येक वर्ष कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने ।
– प्रत्येक वर्ष गाई सम्मेलन आयोजना गर्ने । सांस्कृतिक मेला, उत्सव आयोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने ।
– जुधगञ्जमा नरिवल खेतीको स्रोत केन्द्र बनाउने र कटानपीडित बासिन्दालाई नरिवलको बिरुवा निःशुल्क उपलब्ध गराउने ।
– काँक्रा, खरबुजा, हरिपुरमा परबल तथा तरकारी बाली अनुसन्धान केन्द्र स्थापना गर्ने । तरकारी खेतीको प्रादेशिक हब बनाउने ।
– किसानले फलाएको नरिवल खरिद गरी त्यसको व्यावसायिक उपयोग हुने प्रबन्ध मिलाउने।
– हरिपुरमा पशु हाट–बजार पुनः सञ्चालन गर्ने।
– प्रत्येक वर्ष ’भैंसी सुन्दरी’ प्रतियोगिता आयोजना गर्ने ।
– उपाधि विजेता भैंसीपालक कृषकलाई उन्नत जातको भैंसी उपहार दिने।
– माछाका भुरा उत्पादन, अध्ययन तथा स्रोत केन्द्र निर्माण गर्ने।
– जलकपुर, काँटीलगायत उन्नत नजातका माछाका भुरा उत्पादन तथा खरिद गरी कोशीको पानीमा मिसाउने।
– साना किसान सहकारी संस्था खोल्न सहयोग गर्ने ।
– दलित भनिएका जाति र सीमान्तकृत परिवारलाई अनुदानमा उन्नत जातको बाख्रा उपलब्ध गराउने ।
– लौकही स्थित तरकारी बजार सञ्चालन गरी बाहिरका व्यापारीलाई आकर्षित गर्न विशेष योजना लागू गर्ने । प्रत्येक वर्ष गाउँस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने ।
– हरेक वर्ष कृषक अनुभव आदान–प्रदान भ्रमण व्यवस्था गर्ने ।
– सिँचाइ सुविधा नपुगेको क्षेत्रमा बाह्रेमास सिँचाइ सुविधा पुरÞ्याउने ।
– कुम्याहिमा किसान द्वारा सन्चालित कागती खेती बिस्तारका लागि थप सहयोग गरिने
– किसान छनौट प्रकृया बाट बिउ बिजनमा सब्सिडी दिने ।
– कृषी अध्यक्ष आधुनिकरण कार्यक्र अन्तर्गत कृषी बिजुली कोष स्थापना गरी महसुलमा सब्सिडीको व्यवस्था मिलाउने ।
– एक घर दुई रुख विशेष योजना अन्तर्गत चाँडो हुकने जातका विरुवा निःशुल्क उपलब्ध गराउने ।
– घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने ।
४. हाम्रो आधार ः पुर्वाधार बिकास
– गाउँपालिका तथा वडा कार्यालय आफ्नै भवन स्थापना गरिने ।
– हरेक वडामा आवश्यकता अनुसार सार्वजानिक शौचालय निर्माण गरिने ।
– गाउँपालिका क्षेत्रका सकृया एव सक्षम युवा वर्गलाई लक्षित गर्दै युवा बिकास केन्द्र स्थापना गर्ने ।
– कोशी गाउँपालिकाभित्रका सबै बाटोलाई चारचक्के सवारी–साधन सजिलै गुड्न सक्नेस्तरको बनाउने।
– गाउँपालिका प्रवेश गर्ने सबै मार्गमा स्वागत द्वार बनाउने।
– प्रश्चिम कुसाहा, जमुवा चोकबाट मलदैया बस्ती नजिक सिमानामा नयाँ नाका विकास गर्ने।
– बाढी पीडित क्षेत्रभित्रका जग्गा पाउन बाँकी सुकुम्बासीहरूलाई एक वर्षभित्र दुई , कठ्ठाका दरले जग्गा दिलाउने।
– सट्टा–भर्नाको समस्या समाधानका लागि दुई वर्षभित्र समाधान हुने कार्ययोजना बनाई कार्यान्वयनका लागि प्रदेश सरकारसँग लबिङ गर्ने।
– कोशी कटान क्षेत्रमा पर्यटक आकर्षित गर्न पौडी पोखरी तथा सशल्क बोटिङको व्यवस्था गर्ने।
– लौकही र भान्टाबारी बजारमा एटिएम स्विधासहितको बैंक स्थापना गर्ने।
– लौकही बजारलाई सहरी क्षेत्रको रूपमा विकास गर्ने।
– सदा, सरदार, राम, खत्बे, मलाहा लगायत समुदायका भूमिहीन नागरिकको तथ्याङ्क सङ्कलन गरी प्रत्येक
– वर्ष कम्ती १० परिवारलाई घर निर्माणका लागि सहयोग गर्ने।
– सबै वस्ती, वार्ड तथा टोलहरुमा सडक बत्ति र पक्कि बाटोको पहुँच पुर्याउने ।
– कोशी व्यारेज क्षेत्रमा कम्तीमा १० ठाउँमा पिकनिक स्पट तथा पर्यटकीय गन्तव्य विकास गर्ने। कोशी व्यारेजमा पानी कारखाना सञ्चालन गरी त्यसको व्यावसायिक विकास गर्न स्थानीय युवालाई जिम्मेबारी दिने।
– “सहरी वन जंगल” को अवधारणालाई आत्मसाथ गर्दै बाटो किनारमा वृक्षारोपण गर्दै जाने ।
– मौलिक भेषभुषा, भाषा र संस्कृतिलाइ जगेर्ना गर्ने र सो को अध्ययन तथा अवलोकन गर्न आउने बाह्य पर्यटकहरुको लागि होम स्टेको व्यवस्था मिलाउने ।
– प्रत्येक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र स्थापना गर्ने ।
– बजार तथा पर्यटकीय क्षेत्रमा सोलार बत्ती जडान गर्ने।
– मुख्य चोकमा बाटो सङ्केत पाटी तथा गाउँको नामपाटी राख्ने।
– गाउँस्तरीय झाँगड नाच तथा पञ्चे बाजा टोली निर्माण गरी त्यसको व्यावसायिकता विकास
– लौकहीमा सिटिइभिटीसँग समन्वय गरी प्राविधिक शिक्षालय स्थापना गर्ने।
– मलदैया टोललाई विशेष नमुना ग्रामीण बस्ती घोषणा गरी राष्ट्रियस्तरमा त्यसको पहिचान गराउने।
– भान्टाबारीमा ट्राफिक कार्यालय निर्माण गर्ने।
– हरिपुरमा प्रजातन्त्रका सेनानी स्मृति पार्क निर्माण गर्ने।
– विपन्न वर्गका परिवारलाई लक्षित गरी शौचालय निर्माण गर्न अनुदान दिने।
– महिला लक्षित नेतृत्व तथा सिप विकास केन्द्र स्थापना गर्ने।
– लौकहीमा टेबुलटेनिस, ब्याडमिन्टन, भलिबल, कुस्ती तथा कराँते खेलको कभर्ड हल बनाउने।
– स्वस्थ्य स्वयम्सेविका, सामाजिक परिचालक तथा ढिनीलाई कर्मचारीमा रूपान्तर गर्न विशेष पहल गर्ने । प्रत्येक विद्यालयमा छात्रामैत्री र अपाङ्गमैत्री शौचालय बनाउन सहजीकरण गरि अनुदान दिने।
– आश्रम, मठ–मन्दिर, इदगाह, सिरुवा मेलास्थल आदिको स्तरोन्नतिका लागि आर्थिक सहयोग गर्ने।
– दिनाभद्री थानलाई स्तरोन्नति गर्न हरेक वर्ष कम्तीमा दुई लाख रुपियाँ सहयोग गर्ने।
– गाउँमा कम्तीमा पाँच वटा एकीकृत नमुना बस्ती विकास गर्न विशेष योजना बनाई प्रदेश सरकारसँग लबिङ गर्ने ।
– त्यसमा रेल्बेलाइनको बस्ती स्थानान्तरण गर्ने । रेल्बेलाइनको दुवैतिर आकर्षक फूल फुल्ने जातका बिरुवा हुर्काई हरियाली पर्यटक पदमार्गका रूपमा विकास गर्ने ।
– शिवचोक तथा हरेक वडामा १० जना प्रहरीको उपस्थिति हुने गरी वडा सुरक्षा कार्यालय स्थापना गर्ने ।
– सडक, पुल, नाला, ढल, विद्यालय, सामुदायिक भवन आदि भौतिक पूर्वाधार निर्माण, बाढी नियन्त्रण, प्राकृतिक प्रकोप नियन्त्रण, सिँचाइ जस्ता विषयमा वडा तहबाट आएको सिफारिस अनुसार काम गर्ने ।
– उराँव जातीय पर्यटन सङ्ग्रहालय स्थापना र होमस्टे सञ्चालन गर्ने ।
– निर्माण हुन बाँकी रहेका मठ–मन्दिर, मस्जिद–मदरसा लगायत धार्मिक स्थलहरुको संरक्षण गर्नुका साथै पूर्ण रूपले निर्माण गर्ने ।
– गाउँपालिका क्षेत्र अन्तर्गत पर्ने पुरानो खेल मैदानहरुको स्तरउन्नती गरिने ।
– धार्मिकस्थलमा पूर्वाधार विकासका लागि कोष खडा गरी गाउँपालिकाले प्रत्येक वर्ष निश्चित रकम प्रदान गर्ने। भेटीको रकम सोही कोषमा जम्मा गर्ने।
– खोला नाला तर्न पक्कि पुलको निर्माण गर्ने ।
– बाल विकास केन्द्रलाई सुविधा सम्पन्न र प्रभावकारी बनाउने ।
५. सरसफाई तथा शुद्ध खानेपानी
– वडाको सबै सार्वजनिक स्थानहरु सफा राख्न दैनिक रुपमा काम गर्ने पारदर्शी प्रकृयाबाट कर्मचारी नियुक्त गर्ने ।
– हरेक टोल÷बस्तिहरुमा जनघनत्वको आधारमा सार्वजनिक धारा स्थापना गर्ने ।
– हरेक घरमा प्रयोग हुने खानेपानीको परिक्षण गराउने ।
– घरबाट प्रयोग भएर निस्किने पानी या बर्षाको पानी निकासको लागि ठोस काम गर्ने ।
– १ घर या १ पसल १ फोहोर कन्टेनर अनिवार्य गराउने ।
– गा.पा तथा वडा कार्यालयको प्रतिनिधि राखेर सरसफाई अनुगमन टोलि बनाउने ।
– सबैभन्दा सफा टोल या बस्तिलाइ पुरस्कृत गर्ने ।
६. प्राकृतिक सम्पदाको संरक्षण ः पर्यटनको सम्बर्द्धन
– कोशी क्षेत्रमा रहेका पर्यटन क्षेत्रहरुलाई संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउन प्रचार प्रसार कार्य लाई तिव्रता दिने । थप पर्यटन क्षेत्र बिकास र विस्तार गर्न विशेष पहल गर्ने, आवश्यकता अनुसार प्रदेश संघ सरकारका साथै सम्बध विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु सँग सहकार्य र समन्वय गरी पर्यटन बिकासमा टेवा पुर्याउने ।
– कोशीटप्पुलाई पूर्वको प्रमुख पर्यटकीय गन्तव्य बनाउन आरक्ष क्षेत्रभित्र कम्तीमा १० वटा सिमसार क्षेत्र पहिचान र विकास गरी चराहरूलाई आरक्षभित्रै रोक्न विशेष योजना सञ्चालन गर्ने।
– दुई वर्षभित्र कम्तीमा १० वटा गैंडा कोशीटप्पमा ल्याउने योजना बनाई त्यसका लागि केन्द्र सरकारसँग लबिङ गर्ने ।
– पर्यटनलाई स्थानिय बासिन्दाको जीवनचर्या सँग जोड्ने कार्यक्रमा ल्याइने ।
– पर्यटनलाई संस्कृति र सम्पदा क्षेत्र सँग प्रत्यक्ष जोडेर सरकारी तह बाट प्रवर्द्धन गरिने ।
– होमस्टे सन्चालन गर्नका निम्ती स्थानिय बासिन्दालाई मौलिक खान पिन रहन सहन तथा अन्य विषेश्ता को बारेमा तालिमा दिई सन्चालन गर्न दिईने ।
– प्रत्येक वर्ष कोशी क्षेत्रमा महोत्सव, पूजा उत्सव, चरा, अर्ना, हाती, गैंडा तथा माछा महोत्सव आयोजना गर्ने ।
– पर्यटन प्रवर्धन गर्न प्रतेक वर्ष भैंसी तथा गाई सुन्दरी प्रतियोगिता आयोजना गर्ने ।
– प्रत्येक वर्ष हजयात्री बिदाइ समारोह आयोजना गर्ने । आर्थिक कारणले हज यात्रामा जान असमर्थ एक जोडीलाई हज यात्राका लागि सहयोग गर्ने।
– वडा समितिको सिफारिसमा हरेक वर्ष नेपालका तीर्थस्थल भ्रमणमा जाने प्रत्येक वडाको एउटा टोलीलाई यातायातमा सहुलियत उपलब्ध गराउने ।
– सिमावर्ती क्षेत्रका बजारलाई लक्षित गर्दै सुलभ उपभोक्ता बजारमा रूपान्तर गरी भारतीय ग्राहक आकर्षित गर्न विशेष योजना बनाई लागू गर्ने ।
– मध्यवर्ती क्षेत्रमा कोशीटप्पुका हात्ती, अर्ना, दुम्सी, चरालगायत जीव–जनावरबाट हुने क्षति नियन्त्रणका लागि जैविक–प्राकृतिक उपाय अवलम्वन गरी आरक्षका जनावरलाई आरक्षभित्रै रमाउने वातावरण बनाउन विशेष योजना सञ्चालन गर्ने ।
– कोशीटप् वन्यजन्तु आरक्ष क्षेत्रभित्र वृक्षरोपण गर्न चाहने कुनै व्यक्ति वा संस्थालाई निःशुल्क विरुवा उपलब्ध गराउने । त्यसका लागि स्थान तथा सुरक्षाको प्रबन्ध मिलाउने ।
– पर्या–पर्यटन विकास तथा जनजागरणका विशेष कार्यक्रम सञ्चालन गर्ने ।
– कोशी टप्पु क्षेत्रलाई साइकिलिङ क्षेत्रको रूपमा पहल प्रयास गर्ने ।
– कोशी ब्यारेज क्षेत्रलाई माछाको उद्द्गम क्षेत्रको रूपमा बिकास गर्ने ।
७. हाम्रो प्रतिबद्धता ः सुशासन, जवाफदेहिता र पारदर्शिता
– गाउँपालिका क्षेत्रमा आयोजना हुने सार्वजनिक कार्यक्रमको आय–व्यय विवरण कार्यक्रमको अन्त्यमा सार्वजनिक गर्र्ने ।
– गा.पा को सेवाहरु सहज र सरल रुपमा प्राप्त गराउन अनलाइन सेवा सुचारु गराउने ।
– गा.पा को सबैकामहरु अधावधिक गर्दै आफ्नो वेबसाइटमा राख्ने ।
– गा.पा को सेवाहरु सहज र सरल रुपमा प्राप्त गराउन अनलाइन सेवा सुचारु गराउने ।
– कार्यालयभित्र हुने अनिमियतामा निगरानी गर्न सिसि क्यामेरा राख्ने ।
– गाउँबासीहरु सँग छलफल गरि अनावश्यक कर÷शुल्क कम गराउने या हटाउने ।
– कार्यालयमा आउने सेवाग्राहीले यदि सम्पूर्ण प्रक्रिया पुर्याएको आवश्यक कागजात उपलब्ध गराए नागरिक वडापत्रले तोकेको या सो भन्दा समयभित्र सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने ।
– कार्यालय समयभर सबै कर्मचारी तथा जनप्रतिनिधिहरु उपलब्ध हुने व्यवस्था मिलाउने ।
८. सबैलाई अवसर र सम्मान ः मानवताको उत्थान
– सपथ ग्रहण गरेको एक महिनाभित्र प्रत्येक वडामा ’स्थानीय आवश्यकता विशिष्टीकरण तथा सुझाव सङ्कलन कार्यशाला’ आयोजना गरी आगामी दिनमा गाउँपालिकाले त्यस वडामा गर्नुपर्ने कामहरूको प्राथमिकता सूची तयार गरी काम गर्ने।
– विकास निर्माणका काममा हुने कुनै पनि ढिलासुस्ती र लापरबाहीविरुद्ध खबरदारी गर्ने।
– आर्थिक तथा सामाजिक अपराध न्यूनीकरणका लागि निजी क्षेत्र तथा नागरिक समाजसँग सहकार्य गर्ने।
– सबै जेष्ठ नागरिकका हातमा समाज कल्याण मन्त्रालयले दिने परिचयपत्र र सुविधा उपलब्ध गराउने
– सासु–ससुरालाई सेवा गरेबापत प्रत्येक वडाको सिफारिसमा कम्तीमा १० जना बुहारीलाई प्रत्येक वर्ष सम्मान गर्ने ।
– युवा एकल महिलालाई रोजगारीका लागि पहिल, प्राथमिकता दिने । ४० वर्ष उमेर पुगेका एकल पुरुषलाई प्रोत्साहन स्वरूप भत्ता वितरण गरिने ।
– गाउँपालिका अध्यक्षको पाँच वर्षकै पारिश्रमिकबाट स्थानीय बैंकमा ’विशेष सहयोग अक्षय कोष’ स्थापना गरी गाउँका असहाय तथा विधवा महिलाको उत्थानको काममा खर्च गर्ने ।
– ’विशेष सहयोग अक्षय कोष’ निर्माण तथा सञ्चालनमा गाउँबासीले आफनो सहभागिता र सहयोग थप्न सक्ने गरी कार्य सञ्चालन निर्देशिका बनाउने।
– हरेक वर्ष एक जना उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, पत्रकार, कलाकार, प्राविधिक, अधिकारकर्मी, समाजसेवी, प्रहरी, व्यवसायी, चिकित्सक, स्वरोजगार तथा उत्कृष्ट गाउँबासी छनोट गरी पुरस्कृत तथा सम्मान गर्ने ।
– गाउँपालिकाले तिर्न तथा लिन बाँकी सरकारी बिगो–बक्यौता रकम चुक्ता गर्ने गराउने ।
– मेरो कोशीलाई म माया गर्छ र यसको उन्नतिका लागि म आफूले सकेको योगदान मिसाउँछु,’ भन्ने नाराको मर्मअनुरूप काम गर्न हरेक गाउँबासीलाई प्रोत्साहन गर्ने।
– सीमान्तकृत बस्तीका युवालाई वैदेसिक रोजगारीमा जाँदा लाग्ने खर्चमा सहयोग गर्ने।
– गाउँपालिका क्षेत्रबाट अखबार निकाल्न तथा रेडियो सञ्चालन गर्न सहजीकरण गर्ने।
– हरेक वर्ष प्रमाणपत्र तह उत्तीणर् गरेका दुई जना युवा छनोट गरी पत्रकारितासम्बन्धी विशेष तालिममा सहभागी गराउने।
– विज्ञ कानुन व्यवसायीहरूको सेवा लिई छिटो छरितो र प्रभावकारी न्याय सम्पादन गर्ने।
– भेटघाट केन्द्रमा आउने जेष्ठ नागरिकलाई चिया–खाजाको व्यवस्था गर्ने।
– आदर्श विवाह गर्ने जोडीलाई सार्वजनिक सम्मान गर्ने, रोजगारीमा प्राथमिकता दिने।
– महिला लक्षित कम्प्युटर तथा सिलाइबुनाइसम्बन्धी नियमित छ–छ महिने तालिम सञ्चालन गर्ने।
– जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोषण भत्ता उपलब्ध गराउने ।
– प्रत्येक गाउँबासीलाई ’म पनि कोशीको बासिन्दा हूँ’ भन्ने अपनत्व र गौरवबोध गराउन विशेष कार्यक्रम निर्माण तथा परिचालन गर्ने ।
– सबै वडाका शिक्षित बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई कम्प्युटर, मोबाइल, रेडियो, टेलिभजन मर्मत, विद्युत् जडान, होटल मेनेजमेन्टलगायत व्यावसाीयक तालिम दिई स्वरोजगार बन्न प्रेरित तथा सहजीकरण गर्ने ।
– बेरोजगारलाई रोजगार दिन सङ्घ–संस्था तथा कलकारखाना खोल्न लगाउने र समन्वय गर्ने ।
– होली मिलन, इद मिलन, जितिया, रामनवमी, कृष्णाष्टमी, छठ, तीज, सिरुवा, देउसी–भैलो, पिङ निर्माण, मेला, कन्सर्ट, सांस्कृतिक उत्सव आदि अवसरमा आर्थिक तथा व्यानर सहयोगसहित उपस्थिति जनाउने ।
– घरायसी इन्धनको प्रमुख स्रोतको रूपमा दाउरा, गुइँठा प्रयोग गर्ने घरधरी सङ्ख्या प्रत्येक वर्ष कम्तीमा १० प्रतिशतले कम गर्दै वैकल्पिक उर्जा प्रयोग गर्नेको संख्या बढाउन अनुदान दिने ।
– पाँच वर्षभित्र आर्सेनिकयुक्त पानीका स्रोतमाथिको निर्भरता समाप्त गर्ने ।
– उमेर पुगेर विवाह गर्ने मरिक युवा–युवतीलाई रोजगारीमा अग्राधिकार दिने ।
– लौकही उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी मुख्य बजारभन्दा बाहिरका उपभोक्तालाई आकर्षित गर्न र बजारमा अबेलासम्म टिकाइराख्न विशेष योजना बनाइ लागू गर्ने ।
– गाउँबाट प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्टता देखाएका खेलाडीको स्वास्थोपचार तथा जीवनवृत्तिका लागि विशेष प्रबन्ध गर्ने ।
– गाउँस्तरीय छोरी–बुहारी बचत तथा सहकारी विशेष योजना सञ्चालन गर्ने ।
– इतिहास, संस्कृति, सम्पदा आदिबारे सचेत तथा राष्ट्रिय एकतामा प्रतिबद्ध बनाउँदै, सद्भाव–सहिष्णुतायुक्त स्वस्थ जीवन बाँच्न युवा लक्षित प्रशिक्षण अभियान सुरू गर्ने ।
– युवालाई व्यसनबाट टाढा राल तना युवाशक्ति दुरूपयोग हुनबाट जोगाउन अनुसन्धान, लेखन, खेलकुद, सङ्गीत, कला जस्ता सिर्जनात्मक कामको अवसर बढाउने ।
– गाउँका गतिविधि सार्वजनिक गर्न स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जाल उपयोग गर्ने। कोशी खबर अनलाइन पोर्टल सञ्चालन गर्ने ।
– वडा नागरिक मञ्च, आमा समूह, महिला अधिकार सञ्जाल, बाल विकास संस्था, बाल क्लबको अनुगमन तथा सञ्चालनमा सहयोग गर्ने ।
– राजमार्गमा दुर्घटना कम गर्न विशेष योजना बनाई लागू गर्ने । मासिक सचेतना कार्यशाला सञ्चालन गर्ने । आवश्यक ठाउँमा सुरक्षा सङ्केत पाटी राख्ने ।
– आवश्यक जनशक्ति तथा उपकरणहरू व्यवस्था गरी भान्टाबारीमा भएको पश् क्वारेन्टाइन चेक पोस्टलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने।
–प्रत्येक वर्ष ’कोशी आइडल’ गायन प्रतियोगिता आयोजना गर्ने।
– जलकुम्भीबाट उत्पादित बायोग्यास बिजुलीमा परिणत गर्न विशेष योजना निर्माण गरी कार्यान्वयनका लागि प्रदेश सरकारसँग पहल गर्ने।
– प्रत्येक शनिबार गाउँ स्वयम्सेवक परिचालन गरी हरेक घरबाट स्वेच्कि रकम सहयोग सङ्कलन गर्ने ।
– सङ्कलित रकम कोशी जेष्ठ नागरिक समाज गठन गरी सोही समाजमार्फत् दैवी÷प्राकृतिक प्रकोप उद्धारका काममा खर्च गर्न कोष स्थापना र परिचालन गर्ने।
– बर्षेनी हुने डुबान समस्यालाई स्थायी समाधानको लागि कार्यपालिका बैठकमा नियमित कुरा उठाउने र कार्यालयबाट हुने हर सम्भवका कामहरु गर्ने ।
– वैकल्पिक उर्जा प्रयोगलाई प्रोत्साहन गर्ने।
– प्लास्टिकका वस्तुहरुको प्रयोगलाई न्यूनीकरणको लागि काम गर्ने।
– आधुनिक पुस्तकालयको स्थापना गराउने।
– महिला उद्यमिहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउने ।
गर्न चाहँदा र खोज्दा जे पनि सम्भव छ । हाम्रो गाउँको रूपान्तर पनि सम्भव छ ।
मात्र तपाई हाम्रो भावना मिल्नुपर्छ । हात जुटनुपर्छ ।
किनकि हामी गर्न सक्ने कुरा गछौं ।
कुरा अनुसार काम गछौं ।
जय नेपाल ! जय कोशी !

 

Previous Post

जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार घरदैलौ

Next Post

कुसियैतलाई मतदाताको साथ रहेको दावी

Next Post
कुसियैतलाई मतदाताको साथ रहेको दावी

कुसियैतलाई मतदाताको साथ रहेको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana