Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार घरदैलौ

जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार दिलिपचन साहु सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलौ जारी

by नेपाल टाइमलाइन न्यूज
May 3, 2022
in चुनावी समाचार, मुख्य खबर
A A
0
जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार  घरदैलौ
30
SHARES
Share on FacebookShare on Twitter

सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार दिलिपचन साहु सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलौ जारी राख्नुभएको छ । जनता समाजवादी पार्टीका प्रमुख साह सहित उपप्रमुख सरिता कुमारी यादव र वडा अध्यक्ष सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबैमा प्रायः घरदैलौलाई तिव्र पार्नुभएको छ । सोमबार इनरुवा २ विहीबारे हाट र मगर टोलमा पार्टीका तर्फबाट मेयर पदका उम्मेद्वार दिलिप चन साह, उप मेयर पदका उम्मेद्वार सरिता कुमारी यादव सहित घरदैलौ गर्नुभएको छ । इनरुवा २ का वडा अध्यक्ष पदका उम्मेद्वार शिवनारायण पंडित, सदस्यहरु बिमला देवि मण्डल, सन्तोष यादव,महिला सदस्य संगिता कुमारी उराँव र दलित महिला सदस्य जितनी देवि राम चमार सहितले घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ ।
उता वर्णमालालाई दिएको अन्तरवार्ताको अंक कपिपेष्ट
दिलिपचन्द साहु आसन्न स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन।
पाँच वर्षसम्म स्थानीय तहका जनप्रतिनिधिहरुको गलत कामको भण्डाफोरदेखि अस्पताल सुधार, सरकारी शिक्षाको सुधार लगायतका सामाजिक विषयबस्तुलाई लिएर मुख्य प्रतिपक्षी वा छायाँ जनप्रतिनिधिको रुपमा निरन्तर भूमिका निर्वाह गर्दै आएका उनले सामाजिक एजेण्डामा इनरुवाबासीलाई गोलबन्द गर्दै आफ्नो राजनीतिलाई अगाडि बढाएका छन ।
उनी मधेस आन्दोलनका सक्रिय युवा नेता हुन । उनीसँग उनको भावी एजेण्डासहितको विषयमा गरिएको कुराकानी
तपाईको उम्मेदवारीको आधार के हो ?
मैले विगत पाँच वर्षदेखि जनप्रतिनिधि नभएपनि मुख्य प्रतिपक्षीको रुपमा उनीहरुको गलत कामको खवरदारी, जनताको तहबाट दवावमुलक अभियान चलाए उनीहरुलाई सुध्रन बाध्य पार्ने गतिविधि निरन्तर गर्दै आएको छु ।

रेफर अस्पतालको रुपमा रहेको इनरुवा अस्पताललाई विरामीको उपचार गर्न सक्ने अहिलेको अवस्थामा पु¥याउन दवावदेखि केन्द्रसम्म लविङसमेत निरन्तर गरिरहे । अस्पताल सुधारको लागि मैले सुरु गरेको अभियानमा इनरुवाका सबै क्षेत्रका नागरिकहरु जोडिएर सहयोग गर्नु भयो । त्यस्तै मधेस आन्दोलनको लिगेसी समेत मसँग जोडिएको छ । यिनै विषयहरु मेरो उम्मेदवारीको आधार हो ।

हिजो विपक्षीको रुपमा आन्दोलन गर्नु भयो, भोली जनप्रतिनिधि बनेपछि यसलाई कसरी अगाडि बढाउनु हुन्छ ?

मैले अहिले नै प्रदेश र केन्द्र सरकारसँग लविङ गरेर अस्पतालका लागि चिकित्सकको ब्यवस्थापनदेखि अस्पतालको सेवा सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । म जनप्रतिनिधिको रुपमा आएपछि मैले सुरु गरेको यो अभियानलाई पूर्णतामा पु¥याउने छु । इनरुवाका नागरिकले जटिल रोगको उपचार बाहेक बाहिर जानु पर्ने छैन ।
यही सिटी स्क्यानदेखि विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गरेर उपचारको ब्यवस्था मिलाउँछु । इनरुवा अस्पताल मेरो ड्रिम प्रोजेक्ट हो, सरकारले नगरे नगरपालिकाले गर्छ । सबै स्वास्थ्य चौकीहरुमा सरकारले तोकेको निःशुल्क औषधीको कहिल्यै अभाव नहुने गरी ब्यवस्था गर्छु ।
स्वास्थ्यमा मात्रै होईन शिक्षाको सुधारमा पनि मेरो योजना छ ।
सन् २०१३ सम्म दिल्लीका सरकारी विद्यालय र नेपालका सरकारी विद्यालयहरुको स्तर एउटै थियो । तर अहिले दिल्लीको सरकारी विद्यालयमा भर्ना हुन कुर्नु पर्ने स्थिति बन्यो । थोरै योजनाबद्ध सुधार गर्न सके यहाँका सरकारी विद्यालयहरुबाट पनि त्यस्तै शिक्षा दिन सकिन्छ । त्यसको लागि मसँग स्पष्ट योजना र भिजन छ ।

कांग्रेस र एमालेले जित्दै आएको नगरमा तपाईको जित त कठिन होला नि ?

त्यस्तो स्थिति छैन । इनरुवामा हाम्रो पार्टीको मात्रै ३ हजार ५ सय सक्रिय सदस्य छन । उनको परिवारमा रहेको मतलाई सरदर ४ जनाको दरले जोड्ने हो भने १४ हजार मत पुग्छ । हामीसँग मधेस आन्दोलनको लिगेसी छ, अरु विभिन्न पार्टीमा सक्रिय रहेपनि यो मुद्दामा सबै एक ठाउँमा हुनु हुन्छ । उहाँहरुको सेम्पेथी मसँग रहन्छ ।

त्यती मात्रै होईन, अहिले उम्मेदवारीको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेमा चरम असन्तुष्टी देखिएको छ । असन्तुष्टीले च्याउँसरी लोकप्रिय नेताहरु स्वतन्त्र उम्मेदवार बन्दा त्यहाँ असन्तुष्टहरुको बैकल्पिक उम्मेदवारको रुपमा हामी रहेका छौ ।

त्यहाँबाट पनि हामीलाई सहयोग हुन्छ । अर्को अस्पताल र शिक्षाको मुद्दामा हामीले निरन्तर चलाएको अभियानबाट पनि धेरै इनरुवाबासीहरु हामीसँग जोडिनु भएको छ । त्यसको सेम्पेथी पनि हामीसँग रहन्छ । यो हिसावमा अहिले जसपा नगरमा पहिलो दलको रुपमा रहेको छ । एमाले र कांग्रेसबीच अहिले को दोस्रो हुने भन्ने प्रतिष्पर्घा मात्रै हो ।
तपाई कस्ता एजेण्डा लिएर चुनावमा होमिनु भएको छ ?
हामीसँग अहिले इनरुवा नगरपालिकामा पाँच वर्षमा भएका बेथितिको अन्त्यसँगै धेरै एजेण्डाहरु छन । मैले आफ्नो प्रतिबद्धता पत्रमा स्पष्ट उल्लेख गरेको छु, जुन जनताका दैनिक आवश्यकता, भावना, चाहना र इनरुवाको विकाससँग जोडिएका छन ।
जसमा इनरुवा नगरपालिकामा पाँच वर्षभित्रमा सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गर्ने, जसका लागि आवश्यक उपकरणसहित पाँच जना विशेषज्ञ चिकित्सकको सेवा सुचारु गर्ने, हेल्थ पोष्टहरुलाई औषधी र उपकरण सम्पन्न गराउने, इनरुवाका सबै सरकारी विद्यालयलाई अनिवार्य रुपमा अंग्रेजी र प्राविधिक शिक्षालयको रुपमा रुपान्तरण गर्ने, सुनसरी क्याम्पसलाई यो क्षेत्रकै नमुना क्याम्पस बनाउने, सबै माध्यमिक विद्यालयमा उच्च शिक्षाको अध्यापन सुरु गराउने
नगरका सबै प्रमुख चौकहरुमा सार्वजनिक सौचालय निर्माण गर्ने, अध्ययन गर्नेहरुका लागि एउटा पुस्तकालयको ब्यवस्थापन गर्ने, इनरुवा ४ सुनसरी खोला छेउको जग्गामा सुविधासम्पन्न कृषि थोक बजार स्थापना गर्ने, इनरुवा स्थापनामा भूमिका खेल्ने सबैलाई कुनै राजनीतिक आस्थाको आधारमा नहेरी उनीहरुको प्रतिमा निर्माण गर्ने, उनीहरुको नाममा सडकको नामाकरण गरेर सम्मान दिने, निजी विद्यालयका शिक्षकहरुको तलब मान कायम गरेर शोषणबाट मुक्ति दिलाउने, पाँच ठाँउमा पार्कको निर्माण गर्ने, जातीय संग्राहलयको स्थापना गर्ने, सामुदायिक भवन निर्माण गर्नेसहितका जनताका एजेण्डाहरु लिएर म चुनावी मैदानमा छु ।

योसँगै धेरै एजेण्डाहरु छन जो जनताले आजसम्म निरन्तर भोग्दै आएका समस्याका समाधानसँग सम्बन्धित छन । जसलाई योजनाबद्ध रुपमा सञ्चालन गर्छु ।
सबै राजनीतिक दलहरुका एजेण्डा त उस्तै छन नि तपाईलाई किन भोट दिने ?
भन्ने र गर्ने कुरा फरक विषय हुन । नेपाली कांग्रेसले इनरुवा नगरपालिका पाँच वर्ष चलायो, त्यो अघि पाँच वर्ष नेकपा एमालेले चलाउने अवसर पाएको थियो । तर उनीहरुले आफ्नो कार्यकालमा गरेको प्रतिबद्धता पुरा गरेनन । मैले आफू जनप्रतिनिधि नभएर पनि उनीहरुले भन्दा बढी काम गरेर देखाएको छु । म गफ गर्ने होईन, एक्सन ओरिएन्टेड मान्छे हुँ ।
अहिलेसम्म मलाई मैले सुरु गरेको अभियानमा नगरबासीले पूर्ण साथ र समर्थन दिनु भएको छ । पद नपाउँदा काम गर्नेले पद पाएपछि काम नगर्ने भन्ने त कुरै हुँदैन । यो कुरा जनताले राम्ररी बुझ्नु भएको छ ।

Previous Post

राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

Next Post

उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा

Next Post
उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा

उम्मेदबारहरु आफ्ना मतदाताको घरआगनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana