Monday, March 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन इस्राइल मंसुरी पुन सभापतिमा निर्वाचित

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन: इस्राइल मंसुरी पुनः सभापति र नईम अन्सारी सचिवमा निर्वाचित

by नेपाल टाइमलाइन न्यूज
December 14, 2024
in समाचार
A A
0
नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन इस्राइल मंसुरी पुन सभापतिमा निर्वाचित
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनबाट इस्राइल मंसुरी पुनः सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनले सचिवमा नईम अन्सारीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न अधिवेशनमा मुस्लिम समुदायका प्रतिनिधिहरू र नेपाली कांग्रेसका नेताहरुको व्यापक सहभागिता रहेको थियो ।

 

अधिवेशनको क्रममा विभिन्न वक्ताहरूले मुस्लिम समुदायका हक-अधिकारका मुद्दा उठाएका थिए। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले मुस्लिम समुदायका लागि शिक्षा र समानताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुहुँदै मदरशा शिक्षालाई मान्यता दिन पहल गर्न आग्रह गर्नुभयो ।

कोशी गाउँपालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले पनि मदरशा शिक्षालाई विद्यालय सरह मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विभेदका कारण मुस्लिम समुदायको सामाजिक र शैक्षिक स्तरमा असर परेको उल्लेख गर्दै, यदि समस्या समाधान नभए अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो।

 

कार्यक्रममा मुस्लिम समुदायका समस्या समाधानका लागि संगठनले थप सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि चर्चा गरियो। वक्ताहरूले शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

 

अधिवेशनले मुस्लिम समुदायका अधिकार सुनिश्चित गर्दै विविध क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। इस्राइल मंसुरी र नईम अन्सारीको नेतृत्वमा नेपाल मुस्लिम संघ कोशी प्रदेशले आगामी दिनमा समुदायको समग्र विकासका लागि प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ ।

Previous Post

निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिवद्धता  

Next Post

देवानगञ्ज गाउँपालिका-१ मा रामजानकी मन्दिरलाई समर्पित चाैक स्थापना

Next Post
देवानगञ्ज गाउँपालिका-१ मा रामजानकी मन्दिरलाई समर्पित चाैक स्थापना

देवानगञ्ज गाउँपालिका-१ मा रामजानकी मन्दिरलाई समर्पित चाैक स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana