इटहरी । सुनसरी जिल्लाको इटहरी र धरान क्षेत्रमा एकाबिहानै शंकास्पद बम जस्तो वस्तु फेला परेको छ।इटहरी उपमहानगरपालिका कार्यालयको गेट अगाडि, बुढी खोलाको पुल र धरानको भोटे पुल नजिक शंकास्पद वस्तु भेटिएको सूचना प्राप्त भएपछि क्षेत्रभरि सुरक्षा सतर्कता बढाइएको छ ।
सुनसरी प्रहरीले ती स्थानहरूलाई सिल गरी बम डिस्पोजल टोलीलाई खबर गरेको छ। स्थानीयवासीहरू घरभित्रै बस्न बाध्य भएका छन् भने सडकहरू सुनसान भएका छन्। प्रहरीका अनुसार अहिले घटनाको अनुसन्धान जारी छ, र यस घटनाको पछाडि कसको हात छ भन्ने विषयमा खुलासा भएको छैन।
घटनाले इटहरी र धरानका जनजीवन प्रभावित बनाएको छ भने सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।





