सुनसरीको इनरुवा नगरपालिका–९, बबियास्थित सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक तेजनारायण यादवले विवादास्पद सूचना जारी गरी आलोचनाको सामना गरिरहेका छन्। पुस ८ गतेका लागि जारी गरिनुपर्ने सूचना पुस ९ गतेको रूपमा सार्वजनिक गर्दै यादवले विद्यालय प्रशासनमा प्रश्नचिन्ह खडा गरेका छन्।
विद्यालयका कार्यालय सहयोगी लक्ष्मी उराँवले रक्सी नल्याएको कारणले उनलाई निष्कासन गर्न खोजिएको समाचार ‘सत्य संसार’ मिडियामा प्रकाशन भएपछि घटना थप चर्चामा आएको हो। पुस ८ लाई ९ भनेर बदल्ने सूचना जारी गर्नु यादवको लापरवाही हो कि मानसिक समस्याको संकेत भन्ने चर्चा भइरहेको छ।
यादवले जारी गरेको सूचनाले विद्यालयभित्र चाटुकार प्रवृत्तिको दबदबा रहेको देखाएको आरोपसमेत लागेको छ। अभिभावक र विद्यालयसँग सम्बद्ध व्यक्तिहरूले यादवको क्रियाकलापप्रति असन्तोष व्यक्त गर्दै छानबिनको माग गरेका छन्।
यस घटनाले विद्यालय प्रशासनमा देखिएको असफलता र पारदर्शिताको अभावमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन्।





