Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे अन्तिम तयारीमा

कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे तयारी

by नेपाल टाइमलाइन न्यूज
January 21, 2025
in मुख्य खबर
A A
0
कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे अन्तिम तयारीमा
14
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव ,विराटनगर । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उदेश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे तयारी भएको छ । पर्यटन वर्ष तयारीमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे मुख्य आयोजक समितिको पहिलो बैठक माघ १० गते बस्ने भएको छ । कोशी प्रदेश सरकारले घोषणा गरेको “कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि मुख्य आयोजक समितिको पहिलो बैठक माघ १० गते, बिहीबार कोशीटप्पुमा हुने भएको छ।

यस महत्वपूर्ण बैठकको आयोजना माघ १० गते  Aqua Birds Eco Resort, Koshi Tappu, Sunsari मा गरिनेछ, जुन कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालय नजिकै अवस्थित छ। बैठकमा प्रदेश सरकारका उच्च पदाधिकारी, सरोकारवालाहरू, र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहनेछ। मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बस्ने बैठकले पर्यटन प्रवर्द्धनका लागि “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१” अन्तर्गत दिगो योजना निर्माण गर्ने लक्ष्य लिएको छ।

काेशी प्रदेश वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका अनुसार, “यो अभियानले कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वभर परिचित गराउँदै प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।”कार्यक्रमले कोशी प्रदेशमा पर्यटनको अवसर र सम्भावनाको पहिचान गर्दै, यसलाई दिगो विकाससँग जोड्ने प्रयास गर्ने बताइएको छ। बैठकले आगामी वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमहरूको खाका तयार गर्ने अपेक्षा गरिएको जनाएको छ।

Previous Post

जिल्ला अस्पताल सुनसरीद्वारा कोशीटप्पुमा वनभोज कार्यक्रम सम्पन्न

Next Post

इनरुवाको सरस्वती माविमा विवादास्पद सूचना: चाटुकार प्रवृत्ति कि मानसिक भ्रम?

Next Post
इनरुवाको सरस्वती माविमा विवादास्पद सूचना: चाटुकार प्रवृत्ति कि मानसिक भ्रम?

इनरुवाको सरस्वती माविमा विवादास्पद सूचना: चाटुकार प्रवृत्ति कि मानसिक भ्रम?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana