Wednesday, April 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

“कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक बनाउने:कार्की

"कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक बनाउने:कार्की

by नेपाल टाइमलाइन न्यूज
January 23, 2025
in मुख्य खबर
A A
0
भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी प्रदेश सरकारले अगामि वर्ष कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गर्दै यसलाई सार्थक पार्ने कार्य सुरु भएको मुख्यमन्त्री हिकमत कार्कीले बताउनुभयो । सुनसरीको कोशी टप्पु बन्य जन्तु आरक्षमा विहीबार पर्यटन वर्ष तयारी स्वरुप बसेको बैठकमा कार्कीले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सार्थक पार्नका लागि कामको थालनी भएको बताउनुभयो । उहाँले पर्यटन वर्षको प्रचारप्रसारदेखी पर्यटकको गन्त्वयहरुको बारेमा चर्चापरिचर्चा र बैठक छलफल गर्ने क्रममा पहिलो बैठक गरेको बताउनुभयो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को मुख्य आयोजक समितिको मुख्य आयोजना र मुख्यमन्त्री कार्कीको अध्यक्षतामा भएको समितिको पहिलो बैठकले आन्तरीक एवम् स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उदेश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीमा जुट्ने निणर्य गरेको छ । कोशी प्रदेश सरकारले घोषणा गरेको “कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि पहिलो बैठक बसेको कार्कीले बताउनुभयो ।

वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मुख्यमन्त्री हिकमत कार्कीलाई कार्यक्रममा स्वागत गर्दै

 

बैठकमा प्रदेश सरकारका मन्त्री सदानन्द मण्डल, एकराज कार्की, भुपेन्द राई, , सभामुख अम्बर बहादुर विष्ट,उपसभामुख सिर्जना दनुवार सहित उच्च पदाधिकारी, सरोकारवालाहरू, र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकले पर्यटन प्रवद्र्धनका लागि “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१” अन्तर्गत दिगो योजना निर्माण गर्ने निणर्य गरेको छ । कोशी प्रदेश वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका अनुसार कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वभर परिचित गराउँदै प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ । उहाँले पर्यटन वर्षले कोशी प्रदेशमा पर्यटनको अवसर र सम्भावनाको पहिचान गर्दै, यसलाई दिगो विकाससँग जोड्ने प्रयास गरेको बताउनुभुयो । बैठकले आगामी वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमहरूको खाका समेत तयार गरेको जनाएको छ ।


तस्विर ः  रविन्द्र कुमार यादव

यहाँ १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ भ्रमण वर्ष घोषणा गरेको छ । मुख्यमन्त्री कार्कीले कोभिड–१९ को विश्वव्यापी महामारी र पछिल्लो समय खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र प्रभावित भएको चर्चा गर्दै अब यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्ने बताउनुभयो । यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरिरहेको छ । यसको प्रस्थान बिन्दुका रूपमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई लिन सकिन्छ ।’ मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यथोचित प्रचारप्रसार र गन्तव्यहरूको प्रवद्र्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले किराँत सभ्यताको उद्गम, जैविक विविधता, प्राकृतिक सौन्दर्ययताले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको र लोपोन्मुख रेड पाण्डालगायतका वन्यजन्तुका कारण पनि कोशी प्रदेश विशेष बनेको चर्चा गर्नुभयो ।

कोशी प्रदेश पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको भन्दै यसको भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो । प्रत्येक जिल्ला जिल्लामा धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै तर पर्यटकहरूको आवागमन भने कम रहेकोले त्यसलाई समेत पर्यटन वर्षले समेटिने भएको छ । कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनुभयो । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ । पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताउनुभयो । अगामि २०८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गरिने उहाँको भनाइ छ ।

Previous Post

भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध

Next Post

मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

Next Post
मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana