Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध

भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध

by नेपाल टाइमलाइन न्यूज
January 23, 2025
in समाचार
A A
0
भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध
12
SHARES
Share on FacebookShare on Twitter

सुनसरी, माघ १० गते,

रविन्द्र यादव । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकलाई नेपाल भ्रमणका क्रममा पर्ने सबै असजिलो र समस्याहरू हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सुनसरीको कोशी टप्पुमा बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा कोशी प्रदेशका ५७५ सदस्यीय मूल आयोजक समितिले पर्यटनको सम्भावना र चुनौतीबारे बहस गरी विभिन्न पदाधिकारीहरूको उपस्थितिमा पर्यटन वर्ष २०८२ का लागि महत्वपूर्ण निर्णयहरू गरियो । आयोजित कार्यक्रममा उनले भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच, नोट सटही, र भारतीय गाडीहरूमाथि हुने कठोर कारबाहीका कारण पर्यटन क्षेत्र प्रभावित भएको उल्लेख गर्दै समस्या समाधानका लागि दुईपक्षीय पहल गरिने जानकारी दिए।

उनले सुविधा कटौती गरिएको भारतीय गाडीहरूलाई गन्तव्यभन्दा टाढा प्लेन्टी गरिनुपर्नेमा सिधै जफत गरेर भन्सार बुझाउने जस्ता कार्यले नकारात्मक सन्देश गएको बताए। यस्तो अवस्थाका कारण अपेक्षा अनुसार पर्यटक आउन नसकेको उनले जनाए।

मुख्यमन्त्री कार्कीले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ का रूपमा मनाउन सरकारले विशेष योजना तयार पारेको र भारतका बिहार, पश्चिम बंगाललगायतका क्षेत्रबाट पर्यटक भित्र्याउन समन्वय र सहजीकरण गरिने बताए। उनले पर्यटनलाई कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधारका रूपमा अगाडि बढाइने उल्लेख गरे।

कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा ‘कोशी पर्यटन वर्ष’ को औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ। मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भइसकेको छ।

मुख्यमन्त्री कार्कीले भारत-नेपालबीचको ऐतिहासिक र बलियो सम्बन्धको उपयोग गरी नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिनेमा विश्वास व्यक्त गरे। मूल आयोजक समितिको बैठकपछि भारतीय पत्रकारहरूसँग उनले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन हरेक चुनौतीलाई समाधान गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिए।

 

Previous Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सफलताका लागि मन्त्री सदानन्द मण्डलको उत्कृष्ट नेतृत्व

Next Post

“कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक बनाउने:कार्की

Next Post
भारतीय पर्यटकलाई असजिलो हटाउन कोशी प्रदेश सरकार प्रतिबद्ध

“कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक बनाउने:कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana