Saturday, January 31, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
January 27, 2025
in स्थानीय समाचार
A A
0
भोकाहा नरसिंह गाउँपालिकाको १७औं हिउँदे अधिवेशन सुरु, सेवा निवृत्त कर्मचारी र शिक्षकलाई सम्मान
20
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव, इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिकाको १७औं हिउँदे अधिवेशन सोमबार औपचारिक रुपमा सुरु भएको छ। गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, अध्यक्षता उपाध्यक्ष सुनिता कुमारी उराँव, विशिष्ट अतिथि नेपाल सरकारका उपसचिव सुवर्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको उपस्थिति रहेको थियो। यसैगरी, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, वडा सदस्यहरू, कर्मचारी, पत्रकार, र सुरक्षाकर्मीहरूको उपस्थिति पनि देखिएको थियो।

अधिवेशनको पहिलो दिन गाउँपालिकाका सेवा निवृत्त कर्मचारी, अन्तर्राष्ट्रिय खाे-खाे काेच कपिलदेव यादव, र शिक्षकहरूलाई सम्मान गरिएको छ। उनीहरूको समर्पण र योगदानको कदर गर्दै विदाइ गरिएको हो। सम्मानित व्यक्तिहरूले आफ्नो अनुभव बाँड्दै आगामी पुस्ताका लागि सकारात्मक योगदान दिने प्रतिबद्धता जनाएका थिए।

अधिवेशनको पहिलो दिनमा आगामी वर्षका प्रमुख योजनाहरू, बजेट, विकासका कार्यहरू, र जनताको समस्या समाधानका उपायहरूमा छलफल गरियो। यस अधिवेशनमा शिक्षा, स्वास्थ्य, संरचनात्मक विकास, र बेरोजगारी घटाउने योजनाहरूलाई प्राथमिकता दिइने निर्णय गरिएको छ।

गाउँपालिकाले नारी सशक्तिकरण, शैक्षिक सुधार, र युवाका लागि रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्न विशेष योजना ल्याउने तयारी गरेको छ। बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न विभिन्न नीतिहरू तयार पारिने बताइएको छ।

गाउँपालिकाका सूचना अधिकृत सन्देश तिम्सिनाका अनुसार, सोमबारको बन्दसत्रमा छलफल गरिएका विषयहरूमाथि निर्णय लिइनेछ। अधिवेशन मंगलबार औपचारिक रुपमा समापन गरिनेछ।

यस अधिवेशनले गाउँपालिकाको समग्र प्रगति र स्थानीय तहमा प्रभावकारी योजना कार्यान्वयनको दिशामा महत्वपूर्ण मार्गचित्र तयार गर्ने विश्वास गरिएको छ।

Previous Post

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

Next Post
भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

भोक्राहा नरसिंह गाउँपालिकामा नाला सहितको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा ,स्थानीयवासीमा खुशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana