विराटनगर । विराटनगरमा राजवंशी समाज (विराट) को वृहत भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम केन्द्रीय सभापति भुवनेश्वर समिति भण्डल राजवंशीको अध्यक्षतामा तथा कोशी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख अतिथिमा सम्पन्न भयो।
विराटनगर महानगरपालिका–९, महेन्द्र चोकस्थित हिमालय रोडमा आयोजित भेलामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा युवा नेतृत्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री सदानन्द मण्डलले राजवंशी समुदायको समृद्धि, पहिचान र हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षा, रोजगारी र सामाजिक उन्नतिमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
भेलामा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, सांसद भीम पराजुली, कमल प्रसाद राजवंशी, प्रदीप विश्वास राजवंशी, युवा नेता प्रभाग खवास, जिवक्ष गच्छदार, देवराज चौधरी, जीतेन्द्रप्रसाद साह, नमोनारायण माझी, नागेश कोइराला, नारायण राजवंशी, कारनूलाल चौधरी, संतोष राजवंशी, दिवश राजवंशी, राजकुमार राजवंशी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले राजवंशी समाजको हकअधिकार सुनिश्चित गर्न संगठित रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। भेलाले समाजको एकता मजबुत बनाउन नयाँ योजना तथा कार्यदिशा तय गर्ने निर्णय समेत गरेको छ।





