इनरुवा । ७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बुधबार वडा नम्बर २ को वडा कार्यालय तथा रेडक्रस भवनको प्राङ्गणमा आयोजित रक्तदान तथा आजीवन सदस्य प्रमाणपत्र वितरण कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन्। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालका अनुसार रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन गरिएको छ। रक्तदान गर्ने व्यक्तिहरूलाई उपशाखाले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इस्राइल मंसुरी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, वडा नम्बर १ का अध्यक्ष लक्ष्म मेहता, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का अध्यक्ष हारुण अन्सारी, वडा नम्बर ६ का अध्यक्ष सेराजुदिन मन्सुरी, समाजसेवी राम कुमार मेहता, पवन कुमार मेहता, सुनिल साह लगायत उपस्थिति रहेको थियो।
धरान रेडक्रस सोसाइटीका प्रविधिक विकास खडकाका अनुसार संकलित रक्त संख्याले स्थानीय अस्पतालहरूमा रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका रहने रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल बताउनु भयो ।