ताप्लेजुङ । छैटौं सावादिन च्यालेन्ज कप २०८१ को समापन समारोह कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय खगेनसिं हाङगाम ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
समारोहमा फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बु (विकास), १ नम्बर सावादिन वडा अध्यक्ष यज्ञ लिम्बू लगायतको उपस्थिति थियो।
फाइनल खेलमा आयोजक बी. सी. एस. मेमोरियल क्लब लाई पराजित गर्दै मानाभरा युवा क्लब विजेता बनेको छ। दुवै टीमलाई बधाई तथा आगामी दिनमा सफलता प्राप्त गर्ने शुभकामना दिइएको छ।





