धरान । पानबारी फुटबल क्लबको आयोजनामा दोस्रो पानबारी गोल्डकप २०८२ को भव्य उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले शनिबार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले खेलकुद क्षेत्र देश चिनाउने महत्वपूर्ण माध्यममात्र नभई स्वास्थ्यका लागि पनि अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले खेल क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा सकारात्मक प्रतिफल दिने बताउँदै सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता सञ्चालन समिति अनुसार गोल्डकपमा स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न फुटबल क्लबहरूको सहभागिता रहनेछ।