भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ८ वडा मध्ये हालसम्मा ७ वटा वडाको नतिजा सार्वजनिक गरिको छ ।
भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार विजय भएको हो।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लक्ष्म मेहताले १०९० मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।
वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उमेदवार आलम अन्सारीले ८५५ मत ल्याइ प्यानल सहित विजय भएको छ
वडा नम्बर ३ बाट एकीकृत समाजवादी पार्टीको तर्फ बाट उम्मेद्बारी दिएका धिरेन्द्र कुमार यादवले ४१० मत ल्याइ विजय भएका हुन।
वडा न.४ का नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदका उमेदवार हारुण अन्सारीले ८२५ मत ल्याइ प्यानल सहित विजय भएको छ
वार्ड न .५ बाट राप्रपा बाट वडा अध्यक्ष पदका उमेदवार हबिब मियाले ६१२ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.६ बाट नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उमेदवार सेराजुद्दिन मन्सुरीले ६०३ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएका छ्न।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.७ बाट राप्रपाका वडा अध्यक्ष पदका उमेदवार बोवा लाल यादवले ५३३ मत ल्याइ भारी मतले प्यानल सहित विजय भएको निर्वाचन कार्यालयले जनाएको छ।
अन्तिम वडा न. ८ को मतगणना जारी रहेकोे छ ।