Saturday, January 31, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

by नेपाल टाइमलाइन न्यूज
March 29, 2025
in समाचार
A A
0
इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको इनरुवामा एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रम सम्पन्न भएको छ। २१ वर्षदेखि पत्रकारिता गर्दै आएका गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी लगायत अन्य व्यक्तिहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको छ।

“जहाँ क्रिकेट बाँच्छ, त्यहाँ हामी छौँ” भन्ने मूल नाराका साथ खेलकुद तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई एम.एम. कप फाउण्डेशनले सम्मान गरेको हो। कार्यक्रममा साहित्यकार शशी बजगाईं, जीवनाथ पोखरेल, पत्रकार जयकृष्ण यादव, शशि कोईराला लगायतलाई सम्मान प्रदान गरिएको थियो।

उक्त कार्यक्रम एम.एम. कप फाउण्डेशनको केन्द्रीय कार्यालयका अध्यक्ष विप्लव घोष को अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्य रहेका थिए।

कार्यक्रममा इनरुवाका उपप्रमुख विनिता मेहता र पूर्व वडा अध्यक्ष कालुराम गुरुङ ले खेलकुदको माध्यमबाट पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए। पूर्व नगर प्रमुख खेमराज पोखरेल ले मनमोहन कप फाउण्डेशनले इनरुवालाई देशव्यापी रूपमा चिनाउन योगदान पुर्याएको बताए। कार्यक्रममा हाजी इसराईल मन्सुरी, निरा खनाल, रामप्रसाद मेहता लगायतको उपस्थिति रहेको थियो।

साथै, सम्मान कार्यक्रममा इनरुवा-३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष अशोककुमार साहु तेली लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सयौं सर्वसाधारण, खेलाडी तथा सम्मानित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा मृगौला पीडित पुष्प श्रेष्ठको उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगको जानकारी सचिव चेतनाथ पौडेल ले दिएका हुन्।

कार्यक्रमका क्रममा नगर प्रमुख केदार भण्डारी ले इनरुवाको खेलकुद विकास तथा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने फाउण्डेशनको कार्यको प्रशंसा गर्दै गणतन्त्रले नागरिकलाई विकासका विभिन्न क्षेत्रमा अवसर प्रदान गरेको उल्लेख गरे।

सम्मान समारोहमा इनरुवा क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई समेत सम्मान गरिएको छ।

 

Previous Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

Next Post

पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित

Next Post
पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित

पत्रकार रजक हत्या विरोधमा सुनसरीका पत्रकारहरु आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana