Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

by नेपाल टाइमलाइन न्यूज
April 13, 2025
in समाचार
A A
0
सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–दुहबी सडक खण्डमा ट्राफिक प्रहरीले बिना पूर्वसूचना, बिना सम्पर्क, र बिना स्पष्ट जानकारी एक जनालाई सडकमा अनुमति, एपबाट जरिवाना गरेको आरोप लागेको छ। भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी २१ वर्षीय रविन्द्र कुमार यादवले आफू ट्राफिक प्रणालीको अन्यायपूर्ण व्यवहारको शिकार भएको गुनासो गरेका छन्।

चैत २६ गते, यादव निजी मोटरसाइकल (नं. ४८१५) लिएर यात्रा गरिरहेका थिए। ट्राफिक चेकजाँचका क्रममा उनले आफ्नो चालक अनुमति पत्र प्रत्यक्ष देखाए। अन्य कागजात मोबाइलमार्फत देखाउने अनुरोध गर्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले “हुन्छ, जानुहोस् भनेका थिए। यादवले सहजपूर्ण चेकजाँच भयो भनेर आफ्नो गन्तव्यतिर लागे ।मोटरसाइकलको पछाडिको प्लेटको फोटो र नागरिक एप्स देखाएको लाइसेन्सको फोटो समेत लिएका थिए। तर केही दिनपछि नागरिक एप्समार्फत जानकारी पाए अनुसार, १३१(२) अनुसार रु. १००० जरिवाना लागिसकेको रहेछ। भने एक सातापछि थाहा पायो।

न म नियम उल्लंघन गर्ने काममा थिएँ, न मैले कुनै कुरा लुकाएँ। ट्राफिकले न त सम्पर्क गरे, न त जानकारी दिए – सिधै प्रणालीमा जरिवाना हालियो, यादवले भने।

सवारी तथा यातायात ऐनअनुसार, कागजात अभावमा ट्राफिक प्रहरीले पहिला मौखिक सूचना दिनुपर्ने, संका लागेमा अनुसन्धान गर्ने प्रावधान छ। तर सो प्रावधानको पालना नगरी गरिएको यो कारबाहीप्रति यादवले गम्भीर प्रश्न उठाएका छन्।

यस घटनाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको प्रमुख विरेन्द्र थापालाई जानकारी गराउदा कानुन बमोजिम जरिवाना गरेको यस विषयबारे अझ प्रष्ट बुझ्दैछु ,भनेर जानकारी दिनु भयो। घटनाबारे जानकारी गराएको २४ घण्टा बित्दा समेत कुनै पनि प्रष्ट जवाफ दिएको छैन।

राज्यको आम्दानी बढाउने नाममा नागरिकलाई पीडा दिने छुट कसैलाई पनि छैन,” यादवको स्पष्ट भनाइ छ।

ट्राफिक प्रहरी कार्यालयसँग सम्पर्क गर्दा कानुनअनुसार जरिवाना गरिएको प्रतिक्रिया दिइएको भए पनि, पीडितलाई जानकारी नदिएको विषय स्वीकार गरिएको छैन।

यादव पेशाले पत्रकार हुन्। उनी भन्छन्, “समाचार बनाउँदा ट्राफिकले यति लाख जरिवाना उठायो भन्ने हेडलाइन देख्दा सोचिन्थ्यो – के साँच्चै यति जरिवाना कहाँबाट आउँछ? तर आफैं जब सिकार बनिएछ, तब यस्ता तथ्यहरूको भित्री पाटो अझ चिसो महसुस गरिएछ।

यो एउटा सानो घटनाजस्तो देखिए पनि यसको असर गहिरो छ। पत्रकार यादव भन्छन्, “यदि पत्रकार भएर पनि म यसरी अन्यायमा परेँ भने, सामान्य जनताले कहाँ भरोसा गर्ने? पारदर्शिता, उत्तरदायित्व र मानवीय व्यवहार नहुँदासम्म नागरिक–प्रशासन सम्बन्ध बलियो बन्न सक्दैन।”

 

Previous Post

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

Next Post

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

Next Post
कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana