Sunday, February 1, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

by नेपाल टाइमलाइन न्यूज
April 16, 2025
in मुख्य खबर
A A
0
कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गर्न लागेको ‘कोशी लगानी सम्मेलन २०२५’ मा एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव प्रस्तुत भएको छ। सम्मेलनको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो। सम्मेलनका संयोजक पवनकुमार तिम्सिनाले प्रदेशमा लगानीको वातावरण सकारात्मक रहेको दाबी गर्दै यो सम्मेलनले आन्तरिक तथा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।

कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार पर्यटन, भौतिक पूर्वाधार, कृषि, उद्योग, उर्जा, सूचना प्रविधि र सहरी फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। यी सात क्षेत्रका ५४ वटा योजना सम्मेलनमा प्रस्तुत गरिनेछ। कोइरालाका अनुसार कतिपय योजनामा वैशाख १९ गते समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ।

सम्मेलनमा पर्यटन क्षेत्रका १५ योजनामा ३५ अर्ब ९७ करोड, भौतिक पूर्वाधारका १४ योजनामा ३१ अर्ब १ करोड, कृषि प्रशोधनका ९ योजनामा ३ अर्ब ८ करोड, औद्योगिक विकासका ९ योजनामा ६५ अर्ब ४० करोड, उर्जा विकासका ३ योजनामा २ अर्ब ७७ करोड, सूचना प्रविधिका २ योजनामा ४७ करोड र सहरी फोहोर व्यवस्थापनका २ योजनामा ६० करोड रुपैयाँको लगानी प्रस्ताव गरिएको छ। यस्तै, हाल प्रगतिउन्मुख अवस्थामा रहेका १५ वटा योजनालाई पनि सम्मेलनमा प्राथमिकतामा राखिएको छ, जसको लागत ३१ अर्ब २ करोड रुपैयाँ रहेको छ।

प्रस्तावित योजनाहरूमा काँच–ब्लक उत्पादन उद्योग, झापा–इटहरी टाउन प्रोजेक्ट, विद्युतीय यातायात मार्ग, सप्तकोसी रिसोर्ट, गुराँस उत्पादन, दमक आईटी पार्क, धरान–मुलघाट ट्रंकलाइन, मकालु हिमाल पर्यटन प्रोजेक्ट लगायत उल्लेखनीय छन्।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी सुधारलाई पनि प्राथमिकतामा राखेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सात वटा ऐनलाई अध्यादेशमार्फत संशोधन गरिनेछ भने एक नयाँ ऐन पनि ल्याइनेछ। उनले लगानीकर्तालाई सहज सेवा प्रदान गर्न एकद्वार प्रणाली लागू गर्ने तयारी गरिएको जानकारी दिए।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो सम्मेलनलाई प्रदेशवासीका लागि उपलब्धिको रुपमा रूपान्तरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताए। उनले प्रस्तावित सबै योजना कार्यान्वयन नहुन सक्छन् तर लाभदायक योजनामा लगानी आकर्षित गर्ने सम्भावना प्रबल रहेको उल्लेख गरे।

Previous Post

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

Next Post

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह

Next Post
शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर रहेको मुख्यमन्त्री कार्कीको भनाइ, संयमता अपनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana