Tuesday, February 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
in मुख्य खबर
A A
0
गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना
13
SHARES
Share on FacebookShare on Twitter

गुल्मी । छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीले एकै सिजनमै ३० लाख रुपैयाँ बराबरको काँक्रा बिक्री गरेका छन्। विदेश जाने मोह नजागी आफ्नै गाउँको उर्वर जमिनमा पसिना बगाउँदै उनले कृषि पेशालाई समृद्धिको आधार बनाएका छन्।

भण्डारीले कृषि क्षेत्रमा १० वर्ष बिताइसकेका छन्। सुरुमा कुखुरा पालन र मासु व्यवसायबाट सुरु गरेका उनले पछिल्ला वर्षमा काँक्रा उत्पादनलाई मुख्य व्यवसाय बनाएका हुन्। गत वर्ष दुई हजार काँक्राका बोट रोपेका भण्डारीले यस वर्ष दस हजार बोट लगाएका छन्।

बेमौसमी उत्पादन भएकाले मूल्य पनि राम्रो पाइरहेका छन्। उनका अनुसार प्रति किलो काँक्रा फर्मबाटै सय रुपैयाँमा बिक्री भइरहेको छ। “बोट नै दश हजार छन्, राम्रो उत्पादन र मूल्य भएकाले ३० लाख ढुक्कले कमाउँछु”, भण्डारीले बताए।

उनको पूर्णिमा कृषि फर्ममा काँक्रासँगै लौका, घिरौंला, खर्बुजा, फर्सी लगायतका तरकारी उत्पादन हुँदै आएका छन्। अहिले उनले तीन लाख रुपैयाँको लौका बिक्री हुने अनुमान गरेका छन्।

लगानीका हिसाबले करिब ५० लाख रुपैयाँ कृषि र कुखुरा पालनमा लगाइसकेका छन्। साथै, दुईवटा पोखरीमा माछा पालनसमेत गर्दै आएका छन्, जहाँबाट तीन–चार क्विन्टल माछा उत्पादनको सम्भावना छ।

कृषिबाट मात्रै भण्डारीको परिवार सन्तुष्ट छैन, फर्ममा दैनिक चार जनाले रोजगारी समेत पाएका छन्। “सिजनकै बेला एउटै बालीमा सबैले लगाउँदा बजार र मूल्य दुवै घट्छ। मैले बेमौसमी उत्पादन गर्ने रणनीति अपनाएको हुँ”, उनले भने।

कृषिमा कुनै औपचारिक अध्ययन नगरेका भण्डारीले सीप, अनुभव र मेहनतको भरमा गाउँमै बस्दै आत्मनिर्भरता हासिल गरेका छन्। उनी गाउँमै बसेर रोजगारी सिर्जना गर्ने प्रेरणादायी उदाहरण बनेका छन्।

Previous Post

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

Next Post

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

Next Post
कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana