इनरुवा । वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर स्थित श्री वराहक्षेत्र आधारभूत विद्यालयमा बिद्यार्थीहरूको आक्रषण, गुणस्तरीय शिक्षा, भौतिक संरचना लगायतका विषयमा नगर प्रमुख रमेश कार्की बिद्यालयका शिक्षक ज्युहरू, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी , अभिभावकहरु र स्थानिय सरोकारवाला महानुभावहरूसँग छलफल र अन्तर्क्रिया गर्नु भएको छ।
बिद्यालयको वर्तमान अवस्था र आवश्यक्ताहरूको बारेमा छलफल गर्दै, नगर प्रमुखले आगामी योजनाहरू र नगरपालिकाले गर्नु पर्ने कामहरूको बारेमा चर्चा गर्नुभयो। बिद्यालयलाई अझ आकर्षक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र योजना ल्याउने कुरा उल्लेख गर्नुभयो।
यस छलफलमा नगर प्रमुख श्री रमेश कार्की ज्यु सहित नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारती, नगर शिक्षा समितिका सदस्य ज्ञान बहादुर पाण्डे , वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठ, बिद्यालयकी प्रध्यानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुजन भण्डारी , पदाधिकारीहरु, अभिभावक लगायतका स्थानिय सरोकारवाला उपस्थिति रहेको थियो ।
बिद्यालयको भौतिक संरचनामा सुधार र विद्यार्थीहरूको आक्रषण बढाउने योजनाहरूको बारेमा गम्भीर छलफल भएको थियो।