इनरुवा, जेठ ६ गते । सुनसरीको १२ स्थानीय तह मध्ये गढी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरी, चार नगरपालिका इनरुवा, रामधुनी, दुहवी र बराहक्षेत्रमा मतगणना जारी रहेको छ । त्यसैगरी जिल्लाको कोशी, बर्जु र हरिनगर गाउँपालिकामा मतगणना जारी रहेको छ ।
यसबीचमा गढी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदबार आशनारायण चौधरी र उपाध्यक्षमा सोही पार्टीका उम्मेदबार अनिता कुमारी साह विजयी हुनुभएको छ ।
गढी गाउँपालिकाको अध्यक्षमा चौधरीले आठ हजार ९०१ मत सहित विजयी हुनुभयो । वहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदबार महेश दत्तले पाँच हजार ३५० मता प्राप्त गरि जराजीत हुनुभएको छ । यहाँ उपाध्यक्षमा साहले पनि काग्रेंसकै उम्मेदबार राजकुमारी चौधरीलाई फराकिलो मतान्तरले जराजित गर्दै जित हात पार्नुभएको हो । साहले
सात हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएको छ भने नेपाली कांग्रेसकी राजकुमारी चौधरीले पाँच हजार ८ सय ३८ मत प्राप्त गरी जराजित हुनुभएको छ ।
यस पाकिलामा यसअघि नेपाली काग्रेंसका श्रीप्रसाद यादवले जित निकालेर पाँच वर्षे कार्यकाल चलाउनुभएको थियो । उपाध्यक्षका उम्मेदबार पहिलो कार्यकाल चलाएपनि दोस्रो निर्वाचनमा दुई हजार बढी मतान्तरले पराजीत हुनुभयो ।
स्थानीय आषिश चौधरीका अनुसार गढीमा ३७ वर्षदेखि नेपाली कांग्रेसको गढलाई भत्काउँदै गढी गाउँपालिकाका जनसामुदाय, गढीबासिहरुले नेकपा एमालेलाई ऐतिहासिक जित दिलाएको छ । एमालेका उम्मेदबार चौधरीलाई अत्याधिक विश्वासको मत दिएको र गरिमामय पद अध्यक्षमा निर्वाचित हुनुभएका युवा,कर्मठ,जुझारु,इमान्दार, समाजसेवी, फरवार्ड लघुवित्तको सिइओ रहनुभएकोमा सफल कार्यकालको शुभकमना दिनुभएको छ । उता गढी गाउँपालिकाको वडा नं. १ मा नेपाली काग्रेसको प्यानल विजयी भएको छ भने त्यस वडामा वाहेक एमालेले सबैमा प्यानलै जित हासिल गरेको छ । यसअघि वडा नं. २, ३, ४, ५ र ६ मा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।
१, विजयी हुनुभएका नेकपा एमाले गढी गाउँपालिकाको अध्यक्ष आशनारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह ।