Wednesday, January 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रदेशको सबै जिल्लालाई समेटिएको छ, धम्की नदिनुस् मन्त्री मण्डलको स्पष्ट सन्देश

प्रदेशको सबै जिल्लालाई समेटिएको छ, धम्की नदिनुस्" — मन्त्री मण्डलको स्पष्ट सन्देश

by नेपाल टाइमलाइन न्यूज
June 29, 2025
in मुख्य खबर
A A
0
प्रदेशको सबै जिल्लालाई समेटिएको छ, धम्की नदिनुस् मन्त्री मण्डलको स्पष्ट सन्देश
41
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव ,इनरुवा । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरिएको बजेट पूर्णरूपमा समावेशी र आवश्यकता–आधारित रहेको स्पष्ट पार्नुभएको छ। प्रदेशसभाको बैठकमा बोल्दै उहाँले प्रदेशका सबै जिल्लालाई समेट्ने गरी योजनाहरू बनाइएको बताउँदै बजेट वितरणमा कुनै पनि दल, व्यक्ति वा क्षेत्र विशेषको पक्षपात नगरिएको दाबी गर्नुभयो।

बजेट प्रस्ताव संसदीय दल र स्थानीय जनप्रतिनिधिको सुझावअनुसार बनाइएको हो,” मन्त्री मण्डलले भन्नुभयो, “साना मन्दिर, गुम्बा, कर्बिस्तानजस्ता धार्मिक र सांस्कृतिक पूर्वाधारलाई पनि प्राथमिकता दिइएको छ।

मन्त्री मण्डलले झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा भारतीय जंगली हात्तीको कारण वर्षेनी भइरहेका जनधन क्षति न्यूनीकरणका लागि मन्त्रालयमार्फत विशेष योजना अघि सारिएको जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिम बंगालको जंगलबाट प्रत्येक वर्ष २४ देखि ३० वटासम्मको संख्यामा हात्ती प्रवेश गरी बस्तीहरूमा क्षति पुर्‍याउने गरेका छन्।

  • यस समस्याको समाधानका लागि तलका कार्यक्रमहरू लागू गरिने छन्:
  • हात्तीका लागि आहार र पानीको पोखरी निर्माण
  • हात्ती नियन्त्रणका लागि र्‍यापिड रिस्पोन्स टोली (RRT) गठन
  • टोलीहरूलाई आवश्यक उपकरण वितरण र तालिम
  • पीडित परिवारलाई राहत र क्षतिपूर्तिको बजेट व्यवस्था
  • जंगल क्षेत्रमा सोलार फेन्सिङको निर्माण तथा मर्मत
  • प्रदेशसभा बैठकमा सुनसरी क्षेत्र नं. ४ का एकजना नेपाली कांग्रेस सांसदले आफ्नो क्षेत्रमा बजेट कम परेको भन्दै असन्तुष्टि जनाएपछि मन्त्री मण्डलले कडा प्रतिक्रिया दिनुभयो।
  • मलाई धम्क्याउने प्रयास नगर्नुहोस्,” मन्त्री मण्डलले भने, “त्रुटि छ भने सुधार्न म सधैं तयार छु, तर कसैले मलाई कमजोर नठानून्। म एक मन्त्री हुँ, योजनाहरू सबै जिल्लामा गएको छ।
  • पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आगामी वर्षका लागि तय गरिएका प्रमुख योजनाहरू निम्नानुसार छन्:
  • कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्धन
  • सगरमाथा–वेटल्यान्ड भ्रमण मार्गको विकास
  • विराटनगर, विरेन्द्रनगरलगायत स्थानमा धार्मिक पर्यटन प्रवर्धन र मठ–मन्दिर संरक्षण
  • प्रदेशभरि वातावरणीय अध्ययन केन्द्रको स्थापना
  • जैविक विविधता प्रवर्द्धनका लागि सामुदायिक बन क्षेत्रको विस्तार
  • जैविक पदमार्ग तथा हाइकिङ ट्रेलको निर्माण
  • प्रदेशस्तरीय पर्यटन महोत्सव आयोजना
  • वातावरणमैत्री प्रविधि प्रयोगमा आधारित हरित पूर्वाधार निर्माण

मन्त्री मण्डलले राजनीतिक पूर्वाग्रह नराखी समावेशी दृष्टिकोणसहित विकास योजनाहरू तयार पारिएको उल्लेख गर्दै सबै सरोकारवालाहरूको सहकार्य बिना प्रदेशको समुन्नति असम्भव रहेको धारणा व्यक्त गर्नुभयो।

“राजनीतिक स्वार्थ होइन, प्रदेशको दिगो

विकास हाम्रो उद्देश्य हो,” मन्त्री मण्डलको भनाइ थियो।

Previous Post

सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

Next Post

सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम

Next Post
सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम

सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana