नेपाली काग्रेंसका युवाहरुले चुनाव हराउने, अन्तरघात गर्ने र पार्टीको जिम्मेबारी पूर्ण रुपमा निर्वाह नगर्नेहरुलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काग्रेंसले १० वटै वडा जित्ने अवस्था भएपनि केहीले आफ्नो व्यक्तिगत स्वार्थका कारणले बागी उम्मेदबार उठाएको, उठाउन सहयोग गरेको र आफ्नो आधिकारी उम्मेदबारलाई चुनाव हराउने, अन्तरघात गर्ने र पार्टीको जिम्मेबारी पूर्ण रुपमा निर्वाह नगर्नेहरुलाई कार्वाही गर्नुपर्ने माग उठेका छन् । सुनसरी सदरमुकाम इनरुवाका पार्टीका नगर अध्यक्ष राजन मेहतालाई समेत यो आरोप लागेको पार्टी स्रोतले जनाएको छ ।
पार्टी जिल्ला सभापती केदार भण्डारीलाई ज्ञापन पत्र बुझाउदै नेपाली काग्रेंसका तर्फबाट इनरुवा २ का उम्मेदबार रन्जेश भट्टराई, ३ का रोशन खड्का, ४ का जितेन्द्र यादव, ८ का रविन्द्र मण्डल र ९ का कृष्णदेव मेहतले चुनाव हराउने, अन्तरघात गर्ने र पार्टीको जिम्मेबारी पूर्ण रुपमा निर्वाह नगर्नेहरुलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । पार्टीको आधिकारीक उम्मेदबारलाई सहयोग नगरी अरुलाई सहयोग गर्ने कार्य घिर्णित रहेको भन्दै दोषीलाई कार्वाही गर्नुपर्ने र कुनै पनि लाभको पद र जिम्मेबारी दिन नहुने सुझाव समेत पार्टी सुनसरी कार्य समितिलाई दिएको छ । पार्टी सभापती भण्डारीले यसबारेमा आफू गम्भिर रहेको सम्बोधन गर्न तथा छानविन गर्ने प्रतिकृया दिनुभयो ।





