२०७९/०२/०९
भोक्राहा नरसिंह गाउॅपालिकामा सोमबारको दिन सभाहलमा नव निर्वाचित अध्यक्ष श्री अजमल अख्तर आजाद, उपाध्यक्ष सुनितादेवी उराॅव र गाउॅपालिकामा कार्यरत कर्मचारीहरू बीच परिचयात्मक कार्यक्रम सहितको स्टाफ मिटिङ सम्पन्न भएको छ ।
कार्यक्रममा गाउॅपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष हारून अंसारी, प्रमुख प्रशासकीय आधिकृत बाबुनन्दन मेहता, सबै शाखा प्रमुखहरू, सबै वडासचिवहरू, सबै स्वास्थ्य संस्था प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा एक आपसमा परिचय गर्नुको साथै कार्यलयको सबै शाखा प्रमुखहरूबाट शाखागत प्रगति बिबरण प्रस्तुत भएको थियो । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले कार्यलय समयको पूर्ण पालना गरी चालु आबको योजना कार्यक्रम असार पहिलो हप्तासम्ममा सम्पन्न गरिसक्न कर्मचारीहरूलाई निर्देशन गर्नु भयो ।
वडाध्यक्ष हारून अंसारीले जनप्रतिनिधि र कर्मचारीहरू सबै एक ढिक्का भएर गाउॅपालिकाको सर्वोपरी हितका लागि निरन्तर आगाडी बढ्न पर्ने विचार ब्यक्त गर्नु भयो ।
त्यसतै गाउॅपालिका अध्यक्ष श्री अजमल अख्तर आजादले गाउॅपालिकाको सेवा प्रबाह, बिकास निर्माणको काममा कर्मचारीहरूको भुमिका महत्वपूर्ण हुने भएकोले सबैले आ आफ्नो पदिय दायित्व इमान्दारिताका साथ निर्वाह गर्न पर्ने धारणा राख्नु भयो ।





