सुनसरीको सदरमुकाम इनरुवाको गहनाको रुपमा रहेको इनरुवा अस्पातलमा बढेको गैरम्मिेबारीपन र लार्वाही प्रति नागरिक समाजको ध्यानाकर्षण भएको छ । इनरुवा अस्पातल सुधारको माग राख्दै लामो समयदेखी सर्घर्ष गर्दै आएको इनरुवा अस्पातल सुधार संघर्ष समितिले पदिय जिम्मेबारीलाई निर्वाह नगरीकन गैरजिम्मेबार बनेको , समयको ख्याल नगरी सेवामा वास्ता गर्ने डा. अमित मेहता लगायत गैरजिम्मेबार, अनुशासनहिन चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाबाट हटाई हदैसम्मको कार्वाहीको माग गरेको छ । समितिले बुधबार ध्यानाकर्षण पत्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझादै सो माग अघि सारेको हो । गैरजिम्मेबार चिकित्सक र कर्मचारीलाई कार्वाहीको माग गर्ने समितिले पाँच वुदे पत्रमा अस्पतालको अतिक्रमित जग्गा खोजी गरि सार्वजनिक गरिनुपर्ने, अस्पातलमा ब्लड बैंक र स्वास्थ्य बिमाबाट पाउनुपर्ने निशुल्क औषधीहरु के कति कारण नागरिकले पाउन नसकेको हो सार्वजनिक गरिनुपर्ने , अस्पतालमा आईसीयू, भेन्टीलेटर, सिटी स्क्यान लगायतका सेवाहरु के कति कारणले हालसम्म संचालनमा नआएको हो सार्वजनिक गरिनुपर्ने र अस्पतालको प्रत्येक तीन तीन महिनामा आयव्यय सार्वजनिक गरिनुपर्ने माग अघि सारेको छ ।
इनरुवा अस्पातल सुधार संघर्ष समितिका संयोजक दिलिपचन साहुले अस्पतालमा केही सुधार भएको तर पछि फेरी फोहोरी खेल सुरु भएकाले त्यसको विरुद्ध आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । साहुले स्वास्थ्यकर्मी जस्तो संवेदनशिल क्षेत्रमा पदिय जिम्मेबारीलाई निर्वाह नगरी गैरजिम्मेबार बन्ने, डिउटी र समयको ख्याल नगर्ने जागिर मात्रै खाने मनोवृति रहेकाहरुको विरुद्धमा आबाज उठाएको बताउनुभयो ।
इनरुवा अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरेले पत्र बुझादै अस्पातल सुधार संघर्ष समितिको जायज मागलाई सम्बोधनको लागि पहल गर्ने, १० दिनभित्र औषधीको आपुर्तीका लागि पहल गर्ने र गैर जिम्मेबार कर्मचारीलाई सचेत पार्ने, ब्लड बैंकको सवालमा पहल वा खोजीनिती गर्ने प्रतिकृया दिनुभयो ।
समितिका दिपेन्द्र साहले पनि अस्पताललाई अस्पतालको जस्तो विकसित गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । साहले रेफरल अस्पातल नभई उपचार र सेवा दिने अस्पतालको रुपमा विकसित गर्नुपर्ने माग गर्नुभयो । वहाँले नगर र गाउँकै मैत्री अस्पतालको रुपमा अस्पताल बनाउनका लागि इमान्दारिता आवश्यक रहेको बताउनुभयो । वहाँले स्थानीय, प्रदेश र संघीय सरकारले यसलाई गम्भिर रुपमा लिई सेवा सुविधा बढाउन र सेवालाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
नागरिक समाजका भुवनेश्वर यादवले अस्पताल आपतविपत पर्दाको बखत चाहिने भएकाले यसलाई सबैले गम्भिर रुपमा लिई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यादवले अस्पताललाई अस्पतालको रुपमा विकासित गर्नुपर्ने बेला आएको बताउनुभयो ।





