सुनसरीको कोशी गाउँपालिका वाड नम्बर ७ मा आगलागी भएर पीडित भएको परिवारलाई राहत वितरण गरेको छ । कोशी गाउँपालिका वाड नम्बर ७ का बिन्देश्वरी यादव र जगदीश यादवको घरमा आगलागी भएकाले तीन ओटा घरको सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।
पीडित परिवारलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको आदेशानुसार कोशीका उपाध्यक्ष अनितादेबी यादव र कार्यपालिका सदस्य राजकुमार साहले तत्काल राहत उपलब्ध गराउनुभयो । पीडितको घरमा पुगेर राहत वितरण गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको स्वकिय सचिव धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो ।





