Sunday, April 12, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीमा सामाजिक संघसंस्थासंग समन्वय बैठक

कोशीमा सामाजिक संघसंस्थासंग समन्वय बैठक

by नेपाल टाइमलाइन न्यूज
June 12, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
कोशीमा सामाजिक संघसंस्थासंग समन्वय बैठक
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ २९ गते । सुनसरीको कोशी गाउँपालिकामा सामाजिक विकास समितिको अगुवाईमा कोशी क्षेत्रमा कार्यरक्त गैरसरकारी, सामाजिक संघसंस्थासंगको समन्वय बैठक सम्पन्न भएको छ । कोशी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक राजकुमार साहको अध्यक्षता तथा कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यतामा कोशी क्षेत्रमा कार्यरक्त तथा क्रियाशिल २० बढी गैरसरकारी, सामाजिक संघसंस्थाको उपस्थितीमा समन्वय बैठक सम्पन्न भएको हो ।
समन्वय बैठकमा सबै संघसंस्थाहरुले गर्दै आएको कार्यक्रम, त्यसको प्रभाव र प्रगति विवरण तथा अगामि आर्थिक वर्षमा गर्ने योजना, कार्यक्रम तथा बजेटको प्रस्तुतिकरण गरिएको थियो । बैठकमा संस्थाका प्रतिनिधिहरुले आ आफ्नो कार्यक्रमको प्रगति विवरण र अगामि योजना, कार्याक्रम तथा बजेट पेश गर्दै गाउँपालिकालाई नुमना बनाउने बारेमा सुझाव समेत दिएको कोशी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । एक करोड बढीको कार्यक्रम कोशी क्षेत्रमा गैरसरकारी तथा सामाजिक संघसंस्थाले गर्दै आएको समन्वय बैठकमा प्रस्तुत भएको विवरणले देखाएको छ ।
कोशी क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था परिर्वतनको अभियान नेपालले पहिलो पटक पालिकाले सबै सरोकारबालाहरुसंग भेटघाट र प्रस्तुतिको वतावरण भएको भन्दै प्रसंसा गरेको थियो । संस्थाका कमल कडेलले समन्वय बैठकलाई चौमासिक गर्न सुझाव समेत दिनुभयो । इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले इन्सकको तीन वर्षे कार्यक्रमको प्रगति विवरण र प्रभावको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यादवले गाउँपालिकाको भएको योजना, नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरि शिक्षा, स्वास्थ्य, खाध्य र आवाश अधिकारको क्षेत्रमा अभियानमुखी काम गर्दै आएको बताउनुभयो ।
यादवले गाउँपालिकाको अगामि वर्षको नीति तथा कार्यक्रममा शुशासनका लागि सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई कार्यविधि, संचार नीति, गैरसरकारी संस्था सम्बन्धी नीति तथा कार्यवीधि निर्माण, स्वास्थ्य संस्थामा चौमासिक औषधी खरिद र मौसम अनुसारको औषधीको आपुर्ती गर्नुपर्ने, स्वास्थ्य संस्था र विद्यालयहरुमा अनुगमन नियमित र प्रभावकारी गर्नुपर्ने सुझाव दिनुभयो ।
मानव अधिकार समूहका कोशी अध्यक्ष राजकुमार शर्माले स्वयमसेवक रुपमा थोरै खर्चमा पनि अभियानमुखी कार्यक्रम प्रभावकारी गरेको बताउनुभयो । शर्माले शिक्षा, स्वास्थ्य, खाध्य र आवाशको क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सेभ द अर्थका मनिष सुवेदीले आफूहरुले स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना प्रस्तुत गर्नुभयो । एचआरडीएसका राजकुमार कोईरालाले आपंगताको क्षेत्रलाई प्राथमिकतामा राखेको र ५ जनासम्मलाई उपचारमा सहयोग गर्ने बताउनुभयो । सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसेन मंसुरीले कोशीमा विभिन्न दातृ निकायबाट अगामि आर्थिक वर्षमा ६० लाख बढीको कार्यक्रम गर्ने बताउनुभयो । कोकनका हेमन्तराज पौडेलले आफ्नो कार्यक्रम प्रस्ुतत गर्दै मानवबेचविखन तथा ओसारपसार विरुद्धको अभियान र सूचना केन्द्र समेत संचालन गरेको जानकारी दिनुभयो । सि लिड्स कार्यक्रमका मोहन तिम्सिनाले जननिर्वाचित महिला जनप्रतिनिधिसंग काम गर्ने र उनीहरुको क्षमता विकासमा काम गर्ने जानकारी दिनुभयो । पालिकामा सि लिड्स कार्यक्रममा आठ लाख बढी वार्षिक खर्च गर्ने बताउनुभयो ।
रेडक्रस सोसाईटी लौकही उप शाखा सचिव धर्मेन्द्र विश्वासले आपतविपतमा सहयोग र राहतको कार्यक्रम गर्दै आएको बताउनुभयो । बैठकमा ओरेककी शान्ती दनुवार, पत्रकार मिकाईल आलम, राष्टिय अपांग महासंघका अनिल कुमार कुसियैत, ग्रामिण महिता विकास संस्थाका सुधा देव सरदार, रुट नेपालका धर्मेन्द्र कुमार मेहता, राष्टिय मावि शोभपनपुरका प्रधानाध्यापक हरेकृष्ण प्रसाद राउत, कार्यापालिका सदस्यहरु सरितादेवी मण्डल, ज्ञानु खतिवडा, बसिरन खातुन, सरजुग सरदार, सदस्य दुर्गी देवी सदा, सतनी सरदार, मुरर्सिद अन्सारी, इन्द्रदेव उराँव, सोनुकुमार यादव, केशव दाहाल, सूचान अधिकृत रितेश कुमार झा, करुना फाउन्डेन्सनका संयोजक भारती देव, कोशी महिला, जेष्ठ नागरिक तथा बालबालिका शाखाका रितामाया मगर, सुशिला साह, बालकुमारी विक, रामसुन्दर मेहता सहितको उपस्थिती रहेको थियो ।

 

Previous Post

विश्व बालश्रमविरुद्धको दिवस आज मनाइँदै

Next Post

अग्नी पीडित परिवारलाई राहत वितरण

Next Post
अग्नी पीडित परिवारलाई राहत वितरण

अग्नी पीडित परिवारलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana