Saturday, April 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

by नेपाल टाइमलाइन न्यूज
June 13, 2022
in स्थानीय समाचार
A A
0
कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ ३० गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले २५ बुँदे मागसहितको ज्ञापनपत्र जेठ ३० कोशी गाँउपालिकामा बुझाएको छ । मानव अधिकारमैत्री कार्यलाई निरन्तरता र कोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवालहरु समेटन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका अधिकारका विषयलाई सम्बोधन गर्न माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
गुणस्तरीय शिक्षाका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा नियमित अनुगमन गरी जवाफदेहिता र उतरदायित्व निर्वाहमा ध्यान दिन समूहले गाँउपालिकालाई आग्रह गरेको छ ।
कोशी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जातको बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्यांक संकलन गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ ।
समूहले कोशी गाँउपालिकाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेको छ ।
मानवअधिकारमैत्री योजना र नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेको मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवले बताउनुभयो ।
सामुदायिक विद्यालयसगैं मदर्शाका छात्राका लागि समेत थप स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको समूह अध्यक्ष राजकुमार शर्माले बताउनु भयो ।
मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालहरूलाई पहिचान गरी गाँउपालिका अध्यक्ष ऐयुव अन्सारीका स्वकिय सचिब धर्मेन्द्र विश्वासलाई ज्ञापनपत्र बुझाएको शर्माले बताउनुभयो ।
शर्माका अनुसार सूशासनका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम, बार्षिक सामाजिक परीक्षण कार्यक्रम गर्न समेत सुझाव दिएको छ ।

 

 

Previous Post

जिल्ला समन्वय समिति(जिसस) सुनसरीमा गठबन्धनका मेहता विजयी

Next Post

निर्धारित समयमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने: काङ्ग्रेस नेता अबुल

Next Post

निर्धारित समयमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने: काङ्ग्रेस नेता अबुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana