Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

by नेपाल टाइमलाइन न्यूज
June 15, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै
10
SHARES
Share on FacebookShare on Twitter

 

 

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।

 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।

 

आउँदो आर्थिक वर्षका लागि प्रदेश-१ सरकारले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश-१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो ।

 

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ ।

 

त्यस्तै, वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउँदैछ ।

 

गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । दिउँसाे ४ बजे बस्ने प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नुहुनेछ । गण्डकी प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । अहिलेको भन्दा केही बढी बजेट आउने अर्थमन्त्री बरालले जानकारी दिनुभयो ।

 

यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।

 

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो।

 

Previous Post

निर्धारित समयमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने: काङ्ग्रेस नेता अबुल

Next Post

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड

Next Post
सातवटै प्रदेश सरकारले आज आर्थिक बजेट सार्वजनिक गर्दै

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana