जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ४ गते । सुनसरीको सदरमुकाम इनरुवा–५ बलाहामा करुणा समाजको आयोजनामा मासिक स्वास्थ्य शिविर तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । करुणा समाजका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा इनरुवा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
इनरुवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, १ नम्बर वडा अध्यक्ष प्रमोद पोखरेल, ५ नम्बर वडा अध्यक्ष अनिल पोखरेल, ६ नम्बर वडा अध्यक्ष सुमन थापा, ८ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरेको जनाएको छ । सम्मानितहरुलाई करुणा समाजका अध्यक्ष माधव प्रसाद आचार्य, समाजका गिता पोखरेल, गोविन्द पोखरेल, अचियुत खतिवडा, राजकुमार न्यौपाने, एकराज खानल सहितले फुलमाला, अविर, खादा, सम्माप पत्र , मायाको चिनो र एउटा एउटा विरुवा दिएर सम्मान गरेको थियो ।





