Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

(एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने निर्णय

(एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने निर्णय

by नेपाल टाइमलाइन न्यूज
June 21, 2022
in समाचार
A A
0
सुनसरीमा ४ हजार ७६ जना सुरक्षाकर्मी परिचालन हुदै
9
SHARES
Share on FacebookShare on Twitter

नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठकले एसपीपीका कुनै कार्यक्रम नेपालमा अगाडि नबढाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ । झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ । ‘सैन्य रणनीतिका विषयमा सम्झौता हुँदैन’प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले संयुक्त राज्य अमेरिकाको सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्झौता नहुने प्रस्ट पार्नुभएको छ ।

प्रधानमन्त्री देउवासँग महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार गर्नुुभएको भेटमा प्रधानमन्त्रीले सैन्य रणनीतिको विषयमा कुनै सम्झैता नहुने बताउनुभएको हो । प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री शर्माले भन्नुभयो, “सभापतिज्यूले सैन्य रणनीतिको विषयमा कुनै सम्झौता हुँदैन  ।”

उहाँले भेटमा कांग्रेस पार्टीको आन्तरिक विषय र राष्ट्रिय सरोकारका दुई बुँदामा केन्द्रित रहेर कुराकानी भएको बताउनुभयो । प्रधानमन्त्री देउवालाई महामन्त्रीद्वय थापा र शर्माले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न र अन्य विकल्प खोज्न आग्रह गर्नुभएको थियो । साथै सेयर बजारमा देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको थियो । उहाँहरूको भेटमा कांग्रेसका विभागहरूलाई विधानअनुसार छ महिनाभित्र पूर्णता दिनुपर्ने विषयमा छलफल भएको छ । साथै भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्थाको महाधिवेशनका सन्दर्भमा कुराकानी भएको शर्माले बताउनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीतिसहित समसामयिक राजनीतिक सन्दर्भमा सत्ता साझेदार र प्रतिपक्षी दलहरूसँग संवाद गरेर एउटै धारणा निर्माण गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको बताउनुभयो ।यसैबीच, प्रधानमन्त्री देउवासँग महामन्त्रीद्वय शर्मा र थापाले मेचीदेखि महाकालीसम्म बन्ने विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डअन्तर्गत झापामा जग्गा अधिग्रहण र मुआब्जा दिने विषयमा देखिएको समस्या समाधानका लागि पनि आग्रह गर्नुभएको छ ।

Previous Post

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

Next Post

आठौँ अन्तराष्ट्रिय योग दिवस भव्यताका साथ मनाईयो

Next Post
आठौँ अन्तराष्ट्रिय योग दिवस भव्यताका साथ मनाईयो

आठौँ अन्तराष्ट्रिय योग दिवस भव्यताका साथ मनाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana