Thursday, April 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

by नेपाल टाइमलाइन न्यूज
June 21, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित
41
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ७ गते । सुनसरीका विभिन्न स्थानीय तहका उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित भएका छन् । प्रदेश १ सरकार, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय सुनसरीले वडा तथा गाउँ तहमा रहेर न्यून सुविधामा बालबालिकादेखी महिलासम्मको स्वास्थ्यका लागि उत्कृष्ट काम गर्नेहरु मध्ये १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मानित गरेको जनाएको छ ।
प्रत्येक स्थानीय तहबाट एक जनाका दरले १२ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको स्वास्थ्य प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो । प्रसाईका अनुसार जिल्लाको धरान उपमहानगरपालिकाबाट बृन्दा राई, इटहरी उपमहानगरपालिकाबाट मैमुना खातुन, इनरुवा नगरपालिकाबाट सृजना मेहता, दुहवी नगरपालिका गुणसुन्दरी कार्की, बराहक्षेत्रबाट पुनम पाल, रामधुनी नगरपालिकाबाट कल्पना चौधरी, गढी गाउँपालिकाबाट सुमित्रा माझी, बर्जु गाउँपालिकाबाट बिनादेवी चौधरी, देवानगञ्ज गाउँपालिकाबाट कविता मेहता, हरिनगर गाउँपापिलकाबाट बबितादेवी मण्डल, कोशी गाउँपालिकाबाट शान्तीदेवी मेहता र भोक्राहा नरसिंह गाउँपालिकाबाट चन्दा भगतलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका सम्मानबाट सम्मानित गरेको हो । जिल्लाको १२ पालिकाका १२४ वटा वडामा कार्यरत एक हजार १८३ जना स्वयमसेविका मध्ये १२ जनालाई सम्मान गरिएको हो ।
प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव , जिल्ला समन्वय समितिका उपप्रमुख कमला खतिवडा र इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल लगायतले महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गर्नुभयो । सम्मानितहरुलाई जनही १२ हजार ७०० रुपियाँ, सम्मान पत्र, दोसल्ला, खादा, फुलमाला र अविरका साथ सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कमला खतिवडाले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको र सम्मानित हुनुभएकोमा बधाई दिनुभयो ।
इटहरीका प्रमुख हेमकर्ण पौडेलले नेपालको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायतका सेवा सुविधा थपका लागि उपमहानगरपालिकाले पहल गर्ने बताउनुभयो ।
महिला स्वास्थ्य स्वयमसेविका सुमित्रा माझीले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफुहरुका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गर्नुभयो ।
१, सुनसरीको इटहरीमा आयोजित स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

अन्तराष्ट्रिय योग दिवस मनाईयो

Next Post

कोशी गाउँपालिकाको बजेट ५७ करोड ८० लाख

Next Post
कोशी गाउँपालिकाको बजेट ५७ करोड ८० लाख

कोशी गाउँपालिकाको बजेट ५७ करोड ८० लाख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana