सुनसरीको गढी गाउँपालिका २ मा रहेको सिजी फुड्स कम्पनी,औराबनीमा अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । सम्पन्न योग दिवशको अवसर पारी शुभारम्भ मासिकको संयोजनामा युवा पतञ्जलि योग समिति सुनसरीका अध्यक्ष गेहेन्द्रचन्द्र ढुंगेल तथा शुभारम्भका सम्पादक, पतञ्जली योग महानगर समिति बिराटनगरका प्रचार सचिब दिनेश सिम्पानेले योग कक्षा संचालन गर्नुभयो । कम्पनीका उप महाप्रबन्धक राजीव सिंह राजपुतले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नुभयो ।
जनसम्पर्क अधिकृत हेम खड्काले स्वागत मन्तव्य राख्दै योगको महत्व दर्साउनु भएको थियो । कार्यक्रममा शुभारम्भको तर्फबाट सम्पूर्ण सहभागीहरुलाई हनुमान चालिसा बितरण गरि समापन गर्नुभएको थियो ।





