जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ७ गते । सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ५७ करोड ८० रुपियाँको बजेट, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । असार १० गते स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने समय सिमा भित्रै त्यस अघि नै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले दसौं गाउँसभामा ५७ करोड ८० रुपियाँको बजेट, नीति तथा कार्यक्रम सर्वजनिक गर्नुभएको हो । अंसारी विनियोजित रकम मध्ये संघीय सरकार वित्तिय सामानीकरणबाट १५ करोड, १० लाख, संघीय सर्शत अनुदानबाट २० करोड ५८ लाख, संघीय विषेश अनुदान दुई करोड, संघीय राजस्व बाँडफाँडबाट ११ करोड एक लाख १८ हजार, प्रदेश सामानीकरण ८२ लाख ६० हजार, प्रदेश सर्शत अनुदानबाट १३ लाख ३० हजार, प्रदेश समपुरक अनुदान १३ लाख ३० हजार, प्रदेश वन रोयल्टी १० लाख, प्रदेश राजस्व बाँडफाँड सबारीबाट ४४ लाख ९२ हजार, प्रदेश राजस्व बाँडफाँड जग्गा रजिष्शनबाट ६० लाख, आन्तरिक आम्दानी दुई करोड र सञ्चीत कोष मौज्दात दुई करोड सहित ५७ करोड ८० लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष अन्सारीका अनुसार ‘सुरक्षित र समृद्ध कोशीको आधार, कृषि पर्यटन र दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएकोे छ । गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारणा अनुसार गाउँपालिकाभित्र रहेका ऐलानी÷सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने नीति लिएको छ ।

१, सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले दसौं गाउँसभामा ५७ करोड ८० रुपियाँको बजेट, नीति तथा कार्यक्रम सर्वजनिक गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





