Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वराहक्षेत्र नगरपालिकाको बजेट, निति तथा कार्यक्रम सार्वजनिक

वराहक्षेत्र नगरपालिकाको बजेट, निति तथा कार्यक्रम सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
June 21, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
वराहक्षेत्र नगरपालिकाको बजेट, निति तथा कार्यक्रम सार्वजनिक
13
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र कुमार यादव इनरुवा ।

सुनसरी वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९-०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार दशौँ नगर सभाबाट आर्थिक वर्ष ०७९÷०८० का लागि ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरिएको छ । सङ्घीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानिकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व वाडफाँडबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी १ करोड ८१ लाख ४३ हजार गरेर जम्ममा ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो । चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा ४३ करोड ५७ हजार बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ, आर्थिक विकाश तर्फ ५ करोड ४२ लाख ८५ हजार, सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा १ करोड ९० लाख र सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार विनियोजन गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । नगरपालिकाले ’समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ ।

कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य राखेको छ । वातावरणमैत्री नगर निर्माण गर्न १ घर २ रुख अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

रोजगारी प्रवर्द्धन गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि भन्दै ’उपमेयर सिप विकास तथा हिला सशक्तीकरण कार्यक्रम’ सार्वजनिक गरिएको हो । पर्यटन विकाशका लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कोसी नदिमा जल बिहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । कोसी किनारमा होटेल रेस्टुरेन्ट लगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवर्द्धनमा जोड दिइने भएको छ ।

वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकास गरी ठाकुरबारिबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा एक गौरवका योजना’ र ‘एक वडा एक खेलमैदान’ र हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ ।

कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधानका लागि समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Previous Post

कोशी गाउँपालिकाको बजेट ५७ करोड ८० लाख

Next Post

शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु

Next Post
शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु

शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana