
सुनसरी सदरमुकाम इनरुवामा सहिद, बेपत्ता परिवारलाई सम्मान गरिएको छ । इनरुवामा जनयुद्धका योदा र योदा परिवारका सदस्यहरुलाई सम्मान तथा उद्दमशिल तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रदेश १ सरकारका अर्थमन्त्री इन्द्र आङ्बोको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एक साथ सहिद, बेपत्ता परिवारलाई सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री आङ्बोले शहिद तथा बेपताले देखाएको बाटोमा देशलाई लान सक्नु नै उनीहरुको उच्च समान्न भएकाले उहाँहरुको परिवारलाई राज्यले सम्बोधन गर्ने बताउनजुभयो ।
त्यसैगरी १ नम्बर प्रदेशको उपसभामुख सरस्वती पोख्रेलले देशमा परिवर्तन र विकासका निम्ति ज्यान उमाउने सहिदहरुका परिवार र सर्घषका बेला न शास न लास भेटिएकाले बेपत्ता भएकाहरुको परिवारलाई सम्मान जरुरी रहेको बताउनुयो ।
कार्यक्रममा प्रदेश सासद उमिता बरायली ,इनरुवाका प्रमुख केदार भण्डारी ,धरानका उपमेयर अइन्द्र बेघा सहित नेकपा माओवादी केन्द्रका नेताहरू निर्मल बराल, शिव डागी लगायतकाले सहिद परिवारलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा सुनसरीका सहिद बेपत्ता परिवारको उपस्तिथि रहेको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजय सिंह थापा, नागरिक समाजका पुरुषोत्म घिमिरे सहितको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सहिद प्रतिष्ठान नेपाल सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मन्डल (पप्पु)ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिब ओमकार (ओके) दाहालले गर्नुभयो । सहभागी तथा सम्मानितहरुलाई स्वागत मन्तव्य संस्थाको कोषाध्यक्ष तोया गिरीबाट गरि भब्य रूपमा सप्पन्न गरेको जनाएको छ ।





