सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतरले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र सदस्यहरुमा मनोज कुमार यादव, रामसुन्दर साह, कुस्मी खत्वे र देवकी नेपालको मनोनयन दर्ता भएको छ ।
इनरुवा १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतर र सदस्यहरुमा बसन्त सरदार, तैयब हुसेन, मिरा सरदार र सुमित्रा ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ ।