Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता

सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता

by नेपाल टाइमलाइन न्यूज
April 25, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता
14
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १२ गते । सुनसरीमा विभिन्न पार्टी र स्वतन्त्रका उमेदबारहरुले उत्सह पूर्वक मनोनयन दर्ता गराएका छन् । केहीले पार्टीको निर्णय अनुसार र केहीले पार्टीको ह्विप निर्णय बाहेक पनि स्वतन्त्रमा उम्मेदबारी दर्ता गराएका छन् । इनरुवामा काग्रेंस सभापती केदार भण्डारीले हालका नगर प्रमुख राजन मेहताको प्रस्तावक र संघीय सांसद नेपाली काग्रेंसका सुनसरी जिल्ला सभापती इनरुवा नगरपालिकाको नगर प्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको छ । पार्टीको निर्णय अनुसार हालका नगर प्रमुख राजन मेहताको प्रस्तावक र संघीय सांसद तथा पूर्व राज्य मन्त्री सिताराम मेहताको समर्थनमा जिल्ला सभापती केदार भण्डारीले इनरुवा नगरपालिकाको नगर प्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको हो । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इनरुवा नगर प्रमुखमा उम्मेदबारी दर्ता गराएको र जित्ने समेत दावी भण्डारीले गर्नुभएको छ । मनोनय दर्ता गरेपछि गोरखापत्रसंग कुराकानी गर्नुहुदै नगर प्रमुखका उम्मेदबार तथा जिल्ला सभापती भण्डारीले इनरुवा नगरपालिकाको नगर प्रमुख सहित उपप्रमुख र १० वटै वडामा काग्रेंसले जित्ने दावी गर्नुभयो । वहाँले जिल्लाभरी नै पार्टीका उम्मेदबारहरुले मनोनय दर्ता गराएको र केही ठाउँमा साथीहरुले स्वतन्त्र भएर पनि उम्मेदबार बनेको खबर आएकाले त्यसमा समन्वय, संवाद र छलफल गरेर मिलाउने प्रतिकृया दिनुभयो । यसैबीच इनरुवा नगरपालिकाको उपप्रमुखका लागि काग्रेंसबाट बिनिता कुमारी मेहताको मनोनयन दर्ता भएको छ । इनरुवामा काग्रेंसले वडा नम्बर १ बाट वडा अध्यक्षमा प्रमोद पोखरेल, वडा नम्बर २ बाट वडा अध्यक्षमा रन्जेश भट्टराई, वडा नम्बर ३ बाट वडा अध्यक्षमा रोशन खड्का, वडा नम्बर ४ बाट वडा अध्यक्षमा जितेन्द्र यादव, वडा नम्बर ५ बाट वडा अध्यक्षमा अनिल पोखरेल, वडा नम्बर ८ बाट वडा अध्यक्षमा रविन्द्र मण्डल, वडा नम्बर ९ बाट वडा अध्यक्षमा कृष्णदेव मेहता, वडा नम्बर १० बाट वडा अध्यक्षमा मो. खलिल मियाँको मनोनय दर्ता गराएको छ ।
उता फरक प्रसंगमा नेकपा एमाले इनरुवा ५ नम्बर वडा कमिटिका अध्यक्ष सहित सबै पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । इनरुवा ५ नम्बर वडामा अध्यक्ष बनाउने विषयमा असन्तुष्ट पक्षहरुले सामूहिक राजिनामा दिएका हुन् । आफ्नो वडा कमिटिको सिफारिस र जनभावना विपरितका उम्मेदबार बनाएकोमा आपती जनाउदै नेकपा एमाले इनरुवा ५ वडा कमिटिका अध्यक्ष विनोद सुवेदी सहित ३५ जनाले सामूहिक राजिनामा दिएका छन् । पार्टीको वडा कमिटिबाट उपाध्यक्ष उतरकुमार पोखरेल, सचिव सन्तोश पोखरेल, रन्जु पोखरेल, वडा इन्चार्ज, सहइन्चार्ज सहितले आईतबार राती पत्रकार सम्मेलन गरि सामूहिक राजिनामा दिएको घोषणा गरेका छन् । स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको दुई दिनपछि नै सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमालेको प्रभाव रहेको वडामा कार्यकर्ताको भावना बीचमा भुईचालो ल्याएको नेताकार्यकर्ताको आरोप छ ।
जिल्ला पार्टीले वडाका भावनालाई कदर नगरेको र टिके प्रथा जस्तो गोपी ढकाललाई वडा अध्यक्षको टिकट दिएकाले सयौं नेता कार्यकर्ताहरु असन्तुष्ट भएका आशाराम चौधरीले बताउनुभयो । हालै आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै इनरुवा नगर कमिटि एमालेले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो । उता एमालेका इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदबार गोपी ढकालले भने सबैलाई मिलाउने र मिलाएर लाने प्रयास गर्ने प्रतिकृया दिनुभयो ।
इनरुवामा पाँच दलका प्रमुख उम्मेदबारी दर्ता
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा प्रमुख राजनीतिक दलहरु नेपाली काग्रेंसबाट प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा बिनिता कुमारी मेहता, नेकपा एमालेबाट प्रमुखमा सरोज पोखरेल, उपप्रमुखमा सहजादी प्रविण, जनता समाजवादी पार्टीबाट दिलिपचन्द साहु, उपप्रमुखमा सरिता यादव, नेकपा एसबाट नगर प्रमुखमा तिर्थ अधिकारी, नेकपा माओवादी केन्द्रबाट विमला पोखरेल र उपप्रमुखमा ओके दाहाल सहितको उम्मेदबारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नेपाली काग्रेंसका १२ वटै तहका प्रमुख तथा अध्यक्षहरुको उम्मेदबारी दर्ता
सुनसरीमा नेपाली काग्रेंसले इनरुवामा प्रमुखका लागि केदार भण्डारी, रामधुनीमा सुदिप अधिकारी, इटहरीमा हेमकर्ण पौडेल, धरानमा किसोर राई, दुहबीमा बेदनारायण गच्छदार,
बराहक्षेत्रमा रमेश कार्की, हरिनगरमा गफार अन्सारी, कोशीमा ऐयुब अन्सारी, भोक्राहा–नरसिंहमा अजमल आजाद अन्सारी, देवानगंजमा श्यामलाल मेहता, गढीमा र बर्जुमा रघुनन्दन चौधरीको मनोनयन दर्ता गराएको जनाएको छ ।
हरिनगर गाउँपालिकामा अध्यक्षका लागि नेपाली काग्रेंसबाट गफार अंसारी, नेकपा एमालेबाट लस्करी अंसारी, जनता समाजवादी पार्टीबाट धर्मबिर आर्य, नेकपा माओवादी केन्द्रबाट दिल मोहमदको मनोनयन दर्ता भएको छ ।
उता कोशी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेंसबाट ऐयुव अंसारी, नेकपा एमालेबाट अजय कुसियैत, जनता समाजवादी पार्टीबाट देवकृष्ण यादव(गोवर्धन), नेकपा एसबाट रामचन्द्र मटियैत, नेकपा माओवादी केन्द्रबाट तुलसी यादव सहितको मनोनयन दर्ता भएको छ । यहाँका १ देखी ८ नम्बर वडामा नेपाली काग्रेंसबाट क्रममा १ मा निर्मल मण्डल, २ मा ध्यानी उराँव, ३ मा सुलेमान मंसुरी, ४ मा तजमुल मियाँ, ५ मा शाह जमाल, ६ मा जयशंकर खड्का, ७ मा रामचन्द्र कोईरी मेहता, ८ मा बलराम क्षेत्रीको मनोनय दर्ता भएको छ । त्यसैगरी नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्षको लागि अजय कुशियैत र उपाध्यक्षमा अनिता उराँवले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट कोशी १ नम्बर वडाध्यक्षमा रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह, ३ नम्बर वडामा श्यामसुन्दर सिंह, ४ नम्बर वडामा इसराइल मन्सुरी, ५ नम्बर वडामा इस्माइल मियाँ, ६ नम्बर वडामा इन्द्रदेव यादव, ७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैत यसपटक सशक्त उम्मेदवारका रूपमा देखिएका छन् ।
दुहवीमा महागठबन्धन हुन नसकेपछि नेकपा एमाले र जसपा बीच गठबन्धन भएको छ । यहाँबाट दुहबीका मेयरमा एमालेका विनय पोखरेल र जसपाबाट उपमेयरमा सरोज सिंहको मनोनयन दर्ता भएको छ । नोपाली काग्रेंसबाट वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका खतिवडाले मनोनयन दर्ता भएको हो । एमाले र जसपा गठबन्धनबाट दुहबी नगरका वडाअध्यक्षहरुमा १मा अजुल हुसैन, २ मा इस्राफिल मियाँ, माधव भण्डारी, ४ मा राजन बस्नेत, ५ मा तेज नारायण रौनीयार, ६ मा बिरेन हलुवाई, ७ मा भिम चौधरी, ८ मा अमित राई, ९ मा ताज मियाँ( मुस्तकिम) , १० मा शंकर चौधरी, ११ मा खड्ग उराँव र १२ मा रामचन्द्र चौधरीको मनोनयन दर्ता भएको छ ।
इनरुवा ९ मा नेपाली काग्रेंसबाट मेहता, १० मियाँ वडा अध्यक्षको उम्मेदबार

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतरले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र सदस्यहरुमा मनोज कुमार यादव, रामसुन्दर साह, कुस्मी खत्वे र देवकी नेपालको मनोनयन दर्ता भएको छ । इनरुवा १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतर र सदस्यहरुमा बसन्त सरदार, तैयब हुसेन, मिरा सरदार र सुमित्रा ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ ।
उता जनता समाजवादी पार्टीबाट इनरुवा नगरपालिका वडा नम्बर ९ वडा अध्यक्षमा सत्य नारायण मण्डल, सदस्यमा दिपनारायण मेहता, प्रेमलाल उराँव, पावर्ती खत्वे र विना चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

 

Previous Post

इनरुवा ९ मा नेपाली काग्रेंसबाट मेहता, १० मियाँ वडा अध्यक्षको उम्मेदबार

Next Post

कोशीमा काग्रेंस र एमालेको मनोनयन दर्ता

Next Post
कोशीमा काग्रेंस र एमालेको मनोनयन दर्ता

कोशीमा काग्रेंस र एमालेको मनोनयन दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana