सुनसरीको कोशी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेंसबाट ऐयुव अंसारी उपाध्यक्षमा अनिता यादवले उमेदबारी दिनुभएको छ भने नेकपा एमालेबाट अजय कुसियैत अध्यक्षमा र अनिता उराँवले उपाध्यक्षमा उम्मेदबारी दिनुभएको छ । त्यसैगरीa जनता समाजवादी पार्टीबाट देवकृष्ण यादव(गोवर्धन), नेकपा एसबाट रामचन्द्र मटियैत, नेकपा माओवादी केन्द्रबाट तुलसी यादव सहितको मनोनयन दर्ता भएको छ । यहाँका १ देखी ८ नम्बर वडामा नेपाली काग्रेंसबाट क्रममा १ मा निर्मल मण्डल, २ मा ध्यानी उराँव, ३ मा सुलेमान मंसुरी, ४ मा तजमुल मियाँ, ५ मा शाह जमाल, ६ मा जयशंकर खड्का, ७ मा रामचन्द्र कोईरी मेहता, ८ मा बलराम क्षेत्रीको मनोनय दर्ता भएको छ । त्यसैगरी नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्षको लागि अजय कुशियैत र उपाध्यक्षमा अनिता उराँवले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट कोशी १ नम्बर वडाध्यक्षमा रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह, ३ नम्बर वडामा श्यामसुन्दर सिंह, ४ नम्बर वडामा इसराइल मन्सुरी, ५ नम्बर वडामा इस्माइल मियाँ, ६ नम्बर वडामा इन्द्रदेव यादव, ७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैत यसपटक सशक्त उम्मेदवारका रूपमा देखिएका छन् ।