सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा प्रमुख राजनीतिक दलहरुले मनोनयन दर्ता गराउदाँ एउटा पार्टी मात्रै महिला नगर प्रमुखको उम्मेदबार बनाएको छ ।
सत्तासाझेदारी दल नेकपा माओवादी केन्द्रबाट इनरुवा नगर प्रमुखमा महिलालाई उच्च सम्मान सहित विमला पोखरेललाई उम्मेदबार बनाएको हो । पार्टीले समान्ता, राजनीतिकमा महिला पहुच र समाता मुलक समाज निर्माणमा योगदान गर्न भन्दै इनरुवा नगर प्रमुखमा महिला नेतृ, साहित्यकार , शिक्षक समेत रहनुभएका विमला पोखरेललाई उम्मेदबार बनाएकाले महिला अधिकारकर्मीहरुले महिला प्रमुख जिताउने कसरत थालेका छन् । महिलाहरुलाई प्रमुख पदमा पुग्न नदिन अनेक खेल र सडयन्त्र भईहरेकाले त्यसलाई चिर्न समेत नेकपा माओवादी केन्द्रबाट इनरुवा नगर प्रमुखका उम्मेदबार बिमला पोखरेललाई जिताउने अभियानमा महिलाहरु लागेका छन् । सो पार्टीले उपप्रमुखमा भने पुरुष उम्मेदबार ओके दाहालको उम्मेदबारी दर्ता गराएको जनाएको छ । निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले दिएको जानकारी अनुसार इनरुवामा प्रमुख सत्ताधारी दल नेपाली काग्रेंसबाट इनरुवा प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा बिनिता कुमारी मेहता, जनता समाजवादी पार्टीबाट दिलिपचन्द साहु र उपप्रमुखमा सरिता यादव, नेकपा एसबाट नगर प्रमुखमा बसन्त सुवेदीको उम्मेदबारी दर्ता हुदाँ प्रतिपक्षमा रहेको नेकपा एमालेबाट नगर प्रमुखमा सरोज पोखरेल र उपप्रमुखमा सहजादी प्रविणको मनोनय दर्ता भएको छ । इनरुवामा १६ जना नगर प्रमुख र १३ जना उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।