इनरुवा, बैशाख १८ गते । सुनसरी सदरमुकाम इनरुवामा उम्मेदबारहरुको घरदौलौ जारी रहेको छ । जनता समाजवादी पार्टीका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबै भन्दा बढी २ नम्बर वडामा वडा अध्यक्ष पदका उम्मेद्वार शिव नारायण पंडित सहितका घरदैलौलाई तिव्र पार्नुभएको छ । शुक्रबार साविक इनरुवा ८ हाल इनरुवा २ मेहता टोलमा पंडितले पार्टीका तर्फबाट मेयर पदका उम्मेद्वार दिलिप चन साह, उप मेयर पदका उम्मेद्वार सरिता कुमारी यादव सहित घरदैलौ गर्नुभएको र आज पनि जारी राख्नुभएको छ । इनरुवा २ का वडा अध्यक्ष पदका उम्मेद्वार शिव नारायण पंडित, सदस्यहरु बिमला देवि मण्डल, सन्तोष यादव,महिला सदस्य संगिता कुमारी उराँव र दलित महिला सदस्य जितनी देवि राम चमार सहितले घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ ।
https://www.facebook.com/100064098160593/videos/529804735438979