वैशाख ३० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ नम्बर वडा अध्यक्षमा स्वतन्त्र पदका उम्मेदबार मिथलेशकुमार यादव(छोटु) प्रचारप्रसार जारी राख्नुभएको भएको छ । यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी चहलपहल र प्रचारप्रसार तीव्र पार्नुभएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गरेसँगै यादवले भोक्राहा नरसिंह गाउँपालिका चुनावी चहलपहल तीव्र पार्नुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन् । वडाको विकास र समृद्धिका लागि वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको यादवले गुलावको फुल छापमा मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । यादवले विजयी हासिल गरेपछि वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो ।