Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा मुस्लिम बलियो कि मेहता बलियो ?

इनरुवामा मुस्लिम बलियो कि मेहता बलियो ?

by नेपाल टाइमलाइन न्यूज
May 1, 2022
in चुनावी समाचार, मुख्य खबर
A A
0
इनरुवा नगरपालिकाको यर्थात र विकासको गति
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा सामाजिक सञ्जाल र बाटोघाटो अनि प्रचारप्रसार र घरदैलौसम्ममा सुन्ने गरेको प्रश्न इनरुवामा मुस्लिम बलियो कि मेहता बलियो ? , ठूला पार्टीमा मुस्लिमको पकड र पहुँच बलियो कि मेहता समुदायको पकड र पहुँच बलियो ?, लोकतान्त्रिक मुलुकमा लामो संघर्ष गरेर आएको पार्टी ठूलो कि स्वतन्त्र रुपमा विभाजित भएको जाती ठूलो ? यी र यस्तै कुरा उठेको छ । यहाँ ठूला दलमा बढी मात्रामा यी सबाल उठेको सुनिन्छ ।
पार्टीको हिसावमा नेपाली काग्रेंसले मुस्लिम र मेहता दुवै समुदायलाई नेपालमा पहिलो पटक राज्यको महत्पूर्ण पदमा आसिन गराउन पहल गरेको अवसर दिएको देखिन्छ । इतिहासमा पहिलो पटक सभामुख पदमा मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने, मन्त्री बनाउने र सांसद बनाउने पार्टी काग्रेंस हो । नेपाली इतिहासमा सबै भन्दा पुरानो पार्टी भएर हो वा पार्टीका नेताहरुमा रहेको समावेशीताका सिद्धान्त अनि भेदभावरहित समाज निर्माणको अभियानका कुरा होस जे भएपनि मुस्लिम समुदायलाई सम्मान गर्ने र अवसर दिने पार्टीको रुपमा काग्रेंस देखिन्छ । पछि आएका वा खुलेका दलहरुमा बढी हल्लाखल्ला र चर्को स्वरमा भाषण गरेपछि थोरै भएपनि मुस्लिम समुदायलाई सम्मान गरेको छ । होला उनीहरुको माग र चाहना अनुसारको नहोला तर देशको परिवेश अनुसारको उपस्थिती, पहुच र अवसरमा नेपाली काग्रेंसले सम्मान गरेको छ । तर इनरुवा नगरपालिकामा प्रमुख उपप्रमुखमा एउटा मुस्लिम समुदायको दावी गरेकोमा नपाएको झोकमा एक जनालाई रातारात नेपाली काग्रेंंसबाट एमालेमा प्रवेश गराएको समाचारहरु बाहिर आएका छन् । चुनावका बेलामा अवसर पाउनु र दिनु आझै महत्वपूण कुरा हो ।
नकेपा एमालेले आजको भोली उपप्रमुखको उम्मेदबार बनाउनुलाई मुस्लिम सुमदायलाई सम्मान गर्ने पार्टी भनेर नबुझ्दा हुन्छ । किनकी मुस्लिम समुदाय चुनावका बेलामा आएको समुदाय हो र ? मुस्लिमहरु त सदियौदेखी यहाँ बसोबास गरिहेका छन् । उनीहरुको क्षमताविकास, शैक्षिक विकास, राज्यको पहुचमा , पार्टीको महत्वपूर्ण पदमा खोई त एमालेले ध्यान दिएको ? अहिले आफ्नो स्वार्थ पुर्तीका लागि एउटा व्यक्तिलाई अवसर दिदैमा समग्र मुस्मिलको मुक्ती हुने, सम्मान हुने , अवसर पाउने कुरा होईन । एमालेबाट २०५१ सालको मन्त्रीमण्डलमा सलिम मियाँ अन्सारी–वन तथा वातावरण मन्त्री भएकोमा त्यसयता नेपाली काग्रेंसका शेरबहादुर देउवाको सरकार २०५२।५।२७मा राज्य मन्त्रीमा अनिश अन्सारी सहायक मन्त्री मिर्जा दिलसाद वेग भएको इतिहास छ । काग्रेंसले मेहतालाई पनि राम्रो स्थान दिएको छ । त्यसैले इनरुवामा फैलिएको मुस्लिमको मत बलियो कि मेहताको बलियो भन्नेमा दुवै बलियो छ । उनीहरु आ आफ्नो ठाउँमा बलियो देखिन्छ । संयोग यहाँका दुई ठूला दलले एउटाले मेहता र अर्कोले मुस्लिम समुदायका उपप्रमुखको उम्मेदबार बनाएको छ । चुनावमा कुनै एउटाले मात्रै जित्ने हो । त्यसमा उनीहरु पार्टीलाई हेर्ने वा जातीलाई हेर्ने भन्ने कुरा नजितापछि प्रष्ट हुन्छ । तर नेपाली काग्रेंसका मुस्लिम समुदाय र एमालेका मेहता समुदायहरु पार्टी की जाती रोज्ने कुरा पनि महत्वपूर्ण छ । सामाजिक सञ्जालमा आएको जस्तो मतदान भयो भने पार्टी भन्दा जाती ठूलो र विगतको जस्तो स्वभाविक आयो भने जाती भन्दा पार्टी ठूलो सन्देश जानेछ ।
अव मेहता समुदाय र मुस्लिम समुदाय साच्चै उम्मेदबार वा पार्टीहरुलाई जिताउने र हराउने हैसियत राख्छन । त्यसमा कुनै दुई मत छैन् । त्यसैले दुवै समुदायको उत्थान र विकासका लागि जिताउने हो भने आआफ्नो माउँ पार्टीलाई र व्यक्ति विषेशको क्षणिक स्वार्थका लागि हो आआफ्नो जातीलाई मतदान गर्दा फरक पर्दैन ।
काग्रेंस र एमालेले मुस्लिमलाई सम्मान गरेको छ ।
मुस्लिम मन्त्रीहरुको इतिहास हेर्दा एमालेबाट २०५१ सालको मन्त्रीमण्डलमा सलिम मियाँ अन्सारी–वन तथा वातावरण राज्यमन्त्री भएकोमा त्यसयता नेपाली काग्रेंसका शेरबहादुर देउवाको सरकार २०५२।५।२७मा राज्य मन्त्रीमा अनिश अन्सारी सहायक मन्त्री
मिर्जा दिलसाद वेग भएको इतिहास छ । त्यपछि पटकपटक मुस्लिम समुदायलाई काग्रेंस सरकारमा रहदाँ सम्बोधन गरेको छ ।
राजा ज्ञानेन्द्र साहको पालामा पनि सलिम मियाँ अन्सारी – मन्त्री – वन तथा भू संरक्षण भएको देखिन्छ ।
स्थानीय तहमा मुस्लिम बाहुल्य क्षेत्रमा २०७४ को निर्वाचनमा पनि उम्मेदबार बनाएको र सुनसरीमा दुई सहित अन्य स्थनमा पनि उम्मेदबार भएको निर्वाचित पनि भएको थियो । यसपाली पनि सुनसरीमा एक चौथाई पालिकामा नेपाली कांग्रेसले मुस्लिम समुदायहरुलाई अवसर दिने र सम्मान गर्ने पार्टी भएकोले उम्मेदबार बनाएको छ । मुस्लिम समुदायलाई अवसर र सम्मान गर्ने पार्टी कांग्रेस मात्रै भएको दावी गर्नुहुदै काग्रेंसी नेताहरुले मुस्लिम समुदायबाट सभामुखदेखी सांसद र मन्त्रीसम्म बनाएकाले मुस्लिम समुदायको हितमा काम गर्ने पार्टी समेत काग्रेंस भएको बताउदै आएका छन् । कांग्रेसमा मुस्लिम समुदायलाई उच्च मुल्यांकन समेत गरेर सुनसरी जिल्लाको १२ स्थानीय तह मध्ये तीन स्थानीय तहमा अध्यक्षको उम्मेदबार बनाएको छ ।
राजनीतिक पेशा नभई सेवा भएकाले त्यस अनुसार लागीपरेकाहरुलाई पार्टीले क्रमशः मूल्याकंन गर्दै अवसर समेत प्रदान गर्दै आएको छ । सुनसरी काग्रेस सभापती केदार भण्डारीका अनुसार जिल्लाको कोशी गाउँपालिकाबाट ऐयुव अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाबाट अजमल अंसारी, हरिनगर गाउँपालिकाबाट गफार अंसारीलाई काग्रेंसले गाउँपालिका अध्यक्षको उम्मेदबार बनाएर मुस्लिम समुदायहरुलाई अवसर दिने काम र सम्मान गरेको छ । जिल्लाका मुस्लिम बाहुल्य रहेका वडाहरुमा वडा अध्यक्षको उम्मेदबार समेत बनाएर समावेसी सहित कांग्रेसमा मुस्लिम समुदायलाई उच्च सम्मान दिएको छ । त्यसैले इनरुवामा उम्मेदबार पाएको नपाएको विषयलाई त्यती ठूलो बनाउनु भन्दा असल योग्य र सक्षम उम्मेदबारलाई जिताउन आवश्यक छ ।
मेहता समुदायलाई नेपाली काग्रेंसले मुस्लिम भन्दा कम अवसर दिएको भएपनि सम्मान गरेको छ । यो जिल्लामा एउटा पालिका र कैयौ वडा अध्यक्षका उम्मेदबार बनाएको छ । यसअघि नेपाली काग्रेंसबाट उम्मेदबार भएका दुई पालिकामा नगर प्रमुख र अध्यक्ष निर्वाचित नै भएको थियो । यसरी एकै पटक सबैलाई पार्टीले सम्बोधन गर्न नसक्ने भएकाले क्रमशः सम्बोधन गर्ने धैर्यता गर्नुपनि जरुरी छ ।

 

Previous Post

उराँव विधार्थीलाई सम्मान तथा पुरस्कार

Next Post

स्वतन्त्रमा यादवको सर्वत्र चर्चा

Next Post
स्वतन्त्रमा यादवको सर्वत्र चर्चा

स्वतन्त्रमा यादवको सर्वत्र चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana