वैशाख ३० गते । सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिका २ नम्बर वडा अध्यक्ष पदका उम्मेदबार ध्रुब पंडीतको इनरुवामा सवत्र्र चर्चा रहेको छ । वडामा नेकपा माओवादी केन्द्र पार्टीका वडा अध्यक्ष पदका उम्मेदबार पंडीतले आफ्नो वडामा घरघरमा गई मतदान गर्न आग्रह सहित प्रचारप्रसार जारी राख्नुभएको भएको छ । पंडितले बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेसँगै इनरुवा नगरपालिका २ मा गोलागार भित्र हसिया हथौडा छापमा मतदान, वडालाई विकासको सम्मान भन्दै चुनावी चहलपहल तीव्र पार्नुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका लागि भिजन बोकेका उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेको पंडितले बताउनुभयो । पंडितले वडाको विकास र समृद्धिका लागि वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । पंडितले विजयी हासिल गरेपछि वडामा जनपक्षिय विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विगतमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि दोषीलाई कार्वाही गर्ने बताउनुभयो । विकासको सुनिश्चितता कायम राख्नको लागि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको वहाँले बताउनुभयो । पंडितले संचारकर्मीसंग इनरुवामा अन्तरवार्ता दिदै विकासका लागि मतदाताले आफूलाई मतदान गर्ने दावी गर्नुभयो ।